सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सगरमाथा आवासीय माविमा अन्तरसदनात्मक हाजिरी–जवाफ तथा फुटबल प्रतियोगिता

सगरमाथा आवासीय माविमा अन्तरसदनात्मक हाजिरी–जवाफ तथा फुटबल प्रतियोगिता

images
  • 326
    SHARES

  • images
    images
    images
    सगरमाथा आवासीय माविमा अन्तरसदनात्मक हाजिरी–जवाफ तथा फुटबल प्रतियोगिता
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदह–७, शीतलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठन संस्कृति वृद्धि गर्दै प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले सिनियर तह कक्षा ४,५ र ६ का बिचमा अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

     

    images
    images
    images

    IMG-20251128-WA0017.jpg

     

    कार्यक्रमका अध्यक्ष तथा विद्यालयका सहायक प्राचार्य लेखनाथ काफ्लेले यस्ता कार्यक्रमले विद्यार्थीको अध्ययन गर्ने बानी विकास हुनुका साथै समसामयिक विषयतर्फ पनि रुचि बढ्ने र प्रतिस्पर्धाको भावना जागृत भई ज्ञानको दायरा फराकिलो बनाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा व्यक्त गर्नुभयो ।प्रत्येक सदनबाट छनोट चरण पार गरेकाहरुबाट २-२ समूह निर्माण गरी ८ समूहका बिचमा भएको प्रतिस्पर्धामा ‘जी’ समूह प्रथम, ‘ए’ समूहले द्धितीय , ‘सी’ समूहले तृतीय र ‘इ’ समूहले सान्वना स्थान हासिल गरे ।

    त्यसै गरि कक्षा ७ ,८,९र १० तर्फ सञ्चालन भएको सेवेन साइड फुटबल प्रतियोगितामा ‘एल्लो’ सदनका खेलाडीहरु प्रथम र ‘ग्रीन’ सदनका विद्यार्थीहरु द्धितीय स्थान प्राप्त गरे । उक्त प्रतियोगितात्मक कार्यक्रमहरु शिक्षकहरु जय भण्डारी , ददिराम ज्ञवाली र मिना कुँवरको सञ्चालनमा सम्पन्न भयो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij