मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

शेयर सदस्यलाई ऋणी होइन उद्यमी बनाउन जरुरी छ : पूर्व नगर प्रमुख केसी

शेयर सदस्यलाई ऋणी होइन उद्यमी बनाउन जरुरी छ : पूर्व नगर प्रमुख केसी

images
  • 419
    SHARES

  • images
    images
    images
    शेयर सदस्यलाई ऋणी होइन उद्यमी बनाउन जरुरी छ : पूर्व नगर प्रमुख केसी
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । आत्मरक्षा बचत तथा ऋण सहकारी संस्था देवदह–१०, को १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्र पराजुलीको अध्क्षयता र देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै खत्रीले शेयर सदस्यहरुलाई उत्पादन संग जोड्न आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले सहकारीका शेयर सदस्यहरुलाई ऋणि नभई उद्यमी बनाउन आवश्यक रहेको औल्याउदै उत्पादन संग जोड्न सकेमात्र आर्थिक उन्नती हुने बताउनु भयो ।

    खत्रीले सहकारी आर्थिक विकासको मेरुदण्ड भएकोले सहकारीका शेयर सदस्यहरुले अनिवार्य रुपमा बचत गर्ने वानीको विकास गर्नुपर्नेमा जोड दिनु भयो । सहकारीले आर्थिक, सामाजिक र सांस्कृतिक विकास संगै महिला शसक्तिकरण तथा नेतृत्व विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको उहाले बताउनु भयो । सहकारीमा आएको समस्या शहर केन्द्रित र केही सहकारीहरुले सहकारी ऐनको दुरुपयोग गरेका कारण समस्या आएको बताउदै सदस्य केन्द्रित सहकारीमा कुनै समस्या नरहेको खत्रीले बताउनु भयो ।

    images
    images
    images

    कार्यक्रममा देवदह–१०, का वडासदस्य अमर लामिछाने, वडा नम्वर ९ का वपड सदस्य कृष्णमाया राना, सस्थापक अध्यक्ष लेटबहादुर पुन, पुर्वअध्यक्ष जीतबहादुर पाईजा, रोहिणी सामुदायिक वनका अध्यक्ष चन्द्रबहादुर रसाईली, सल्लाकार हस्तबहादुर थापा, हेमलाल पाण्डे लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

    कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पराजुलीले संस्थाको कुल सम्पत्ति तथा दायित्व १९ करोड ८५ लाख ३८ हजार पुर्याउने लक्ष्यरहेको बताउनु भयो । उहाले यस आर्थिक बर्षमा २१४४ शेयर सदस्य रहेकोमा २२५ जना थप गरी २३ सय ६९ जना पुर्याउने लक्ष्य प्रस्तुत गर्नु भयो ।

    कार्यक्रममा संस्थाका कोषाध्यक्ष ओमबहादुर अधिकारीले आर्थिक प्रतिवेदन, लेखा संयोजक लालबहादुर अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा असल ऋणि, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट व्यवसायीलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष खेमलाल चापागाईको स्वागत र सचिव लता चापागाईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij