बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रोट्र्याक्ट क्लबको जिल्लास्तरीय क्विजमा न्यु होराइजन मावि प्रथम

रोट्र्याक्ट क्लबको जिल्लास्तरीय क्विजमा न्यु होराइजन मावि प्रथम

images
  • 240
    SHARES

  • images
    images
    images
    रोट्र्याक्ट क्लबको जिल्लास्तरीय क्विजमा न्यु होराइजन मावि प्रथम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–देवदहको आयोजनामा निशा मेमोरियल दोस्रो जिल्ला स्तरीय रोट्र्याक्ट क्विज–२०८२ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कुल २३ विद्यालयले सहभागिता जनाएका थिए। कडा प्रतिस्पर्धाबीच न्यु होराइजन ई.बो. स्कुल ग्रुप B प्रथम बन्न सफल भएको कार्यक्रम संयोजक प्रविन गौडेलले जानकारी दिएका छन्। सोही अनुसार सेवेन स्टार ई.बो. स्कुल दोस्रो र न्यु होराइजन ई.बो. स्कुल ग्रुप एले तेस्रो स्थान हासिल गरेका छन्।

    समापन समारोहमा प्रमुख अतिथि डी आर आर ईलेक्ट प्रकाश शर्मा आविस्कार पराजुली तथा विभिन्न पूर्व अध्यक्षहरूको उपस्थितिमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरी पुरस्कृत गरिएको थियो। विजेताहरूलाई क्रमशः १५ हजार, १० हजार, र ५ हजार रुपैयाँ, साथै शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको क्लबले जनाएको छ।

    images
    images
    images

    कार्यक्रम संस्थाको अध्यक्ष विजय अम्गाईको अधक्ष्यता, कमल थापाको स्वागत मन्तव्य तथा सचिव किशन थापाको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा क्विज मास्टरको भूमिका संस्थाका पूर्व अध्यक्ष सुनिल गिरीले निर्वाह गर्नुभएको थियो। प्रतियोगिताले विद्यार्थीहरूको शैक्षिक तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुगेको बताइएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij