बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी देवदह- ३ लाई

वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी देवदह- ३ लाई

images
  • 323
    SHARES

  • images
    images
    images
    वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी देवदह- ३ लाई
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा जारी वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी देवदह- ३ ले हासिल गरेको छ । आईतबार भएको फाईनल खेलमा रामग्राम किंग्सलाई  ४ विकेटले पराजित गर्दै उपाधी हासिल गरेको हो । कार्तिक २९ गते बाट सुरु भएको  प्रतियोगितामा ३२  टिमहरुको सहभागिता रहेकाे थियाे ।

     

    images
    images
    images

    1764508355159.jpg

     

    देवदह ३ स्थित पुष्पानन्द मेमोरियल पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको रामग्राम किंग्सले १९ दशमलभ २ ओभरमा अल आउट हुदै १२६ रन बनायो । टिमका लागि विश्वजित (मोनु) र घनश्यामले ३१-३१ रन जोडे भने गोलुले २१ राना जोडेका थिए । देवदह ३ का लागि प्रकाश भण्डारी र धिरुले ले ३-३ विकेट, गोबिन्द चौधरीले २ र रुपेश कुर्मी र प्रदीपले १-१ विकेट लिए।

    जवाफी ब्याटिङ गरेको देवदह- ३ ले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्यो । टिमका लागि प्रकाश भण्डारीले ३३ रन, रुपेश कुर्मीले अभिजित २७ रन,  अजय पाण्डेले २२ रन जोडे । बलिङमा रामग्राम किंग्सका गुड्डु यादवले ३ विकेट, मन्जित हरिजनले २ विकेट र अनिल यादवले १ विकेट लिए।

    उपाधि बिजेता देवदह- ३ ले नगद ५० हजार, शिल्ड र मेडल प्राप्त गरेको थियो भने उप विजेता बनेको रामग्राम किंग्सले नगद ३० हजार, शिल्ड र मेडल प्राप्त गरेको छ। विजेता र उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ अर्याल, देवदह १ का वडा अध्यक्ष दिपक नेपाल, देवदह ३ का  वडा सदस्यहरु लगाएतले पुरस्कार प्रदान गरेका थिए।

    साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी देवदह ३ का प्रकाश भण्डारी घोषित भएका थिए । उनले प्रतियोगितामा ८१ रन र ९ विकेट लिएका थिए । त्यस्तै देवदह ३ कै अजय पाण्डेले प्रतियोगितामा ११५ रन हानेर उत्कृष्ट व्याटस्म्यान र १३ विकेट लिदै रुबिस कुर्मी उत्कृष्ट बलर घोषित भएका थिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij