लुम्बिनी पाना, बुटवल । लुम्बिनी प्रदेश सभाले नेकपा एमालेको तर्फबाट रिक्त रहेको समानुपातिक सदस्यमा रेवती गुरुङलाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो।
रुपन्देहीको देवदह नगरपालिका–५ की गुरुङ एमालेको पुरानो महिला नेतृ हुनुहुन्छ । एमालेबाट प्रतिनिधित्व गर्नुहुने रुकुमबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य रहेकी सरिता पुनको निधन भई उक्त रिक्त पदमा रुपन्देही देवदह नगरपालिका -५ निवासी गुरुङ निर्वाचित हुनु भएको हो ।
प्रदेश सभा सदस्य निर्वाचन ऎन २०७४ बमोजिम २०७९ मसिर ४ गते समानुपातिक निर्वाचन प्रणाली अनुसार सम्पन्न भएको निर्वाचन एवं निर्वाचन आयोगको मिति मंसिर ११ गतेको निर्णय अनुसार उहाँ प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij