बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

अपांगता भएका व्यक्तिहरुको गुनासो सुन्न देवदहमा अन्तरक्रिया

अपांगता भएका व्यक्तिहरुको गुनासो सुन्न देवदहमा अन्तरक्रिया

images
  • 712
    SHARES

  • images
    images
    images
    अपांगता भएका व्यक्तिहरुको गुनासो सुन्न देवदहमा अन्तरक्रिया
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह नगरपालिकामा अपांगता भएका व्यक्तिहरुको गुनासो तथा सेवा–सुविधासम्बन्धी समस्या सुन्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा मंगलबार देवदह नगरपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।

    कार्यक्रमका सहभागीहरूले नगर क्षेत्रमा उपलब्ध सुविधाको न्यून कार्यान्वयन, सेवा लिनका क्रममा हुने झन्झट तथा विभिन्न सरकारी कार्यालयमा सहुलियत नपाएको गुनासो राखेका थिए।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले नगरपालिकाले विगतदेखि नै अपांगता लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आए पनि यो वर्ष वितरण गर्न तय गरिएका सामग्रीहरू जेनजी आन्दोलनका कारण रोकिएको बताइन्। उनका अनुसार भौतिक संरचनामाथि प्रहार भएपछि सामग्री वितरण प्रक्रिया स्थगित हुनुपरेको हो।

    छुट सुविधा सहज रूपमा नपाइएको सहभागीहरूको गुनासो थियो। मालपोत लगायत सरकारी कार्यालयमा छुट उपलब्ध हुनुपर्ने भए पनि कुनै सहुलियत नपाएको सहभागीले अनुभव सुनाए। रोजगारीको अवसर अत्यन्तै सीमित भएको र अपांगता भएका व्यक्तिहरूका लागि छुट्टै रोजगारी व्यवस्था गर्नुपर्ने माग पनि सहभागीले उठाएका थिए।

    कार्यक्रममा कार्डको वर्गअनुसार सुविधा बंटफाँडबारे विस्तृत जानकारी दिइएको थियो। रातो कार्ड (क वर्ग) भएका व्यक्तिहरूले बीमामा शत–प्रतिशत छुट पाउने, निलो कार्ड (ख वर्ग) भएका व्यक्तिहरूले अस्पताल सेवामा ५० प्रतिशत छुट पाउने तथा पहेँलो कार्ड (ग वर्ग) भएका व्यक्तिहरूले अस्पताल, यातायात लगायत विभिन्न सेवा–सुविधामा छुट पाउने व्यवस्था रहेको अपांगता सम्बन्धि बिज्ञ समूह सदस्य सावोत्रादेवी घिमिरेले जानकारी दिए।

    सहभागीहरूले सुविधाबारे जानकारी भए पनि ‘कहाँ जाने? कसरी सेवा पाउने?’ भन्ने प्रष्ट निर्देशन नपाएको कारण धेरैले सेवाको पहुँचबाट वञ्चित रहनुपरेको बताए।

    कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर -७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारी, देवदह व्यापार संघका अध्यक्ष माधव ढकाल लगायतका बक्ताहरुले बालबालिका तथा अपांगता भएका नागरिकका लागि छुट्टै ध्यान, सुविधाको एकद्वार प्रणाली र कार्यान्वयन क्षमता प्रभावकारी बनाउनुपर्ने सुझाव राखेका थिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij