बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह क्षेत्रमा तीव्र गति नियन्त्रणको माग, स्ववियुद्वारा प्रहरीलाई ज्ञापन पत्र बुझाइयो

देवदह क्षेत्रमा तीव्र गति नियन्त्रणको माग, स्ववियुद्वारा प्रहरीलाई ज्ञापन पत्र बुझाइयो

images
  • 312
    SHARES

  • images
    images
    images
    देवदह क्षेत्रमा तीव्र गति नियन्त्रणको माग, स्ववियुद्वारा प्रहरीलाई ज्ञापन पत्र बुझाइयो
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले देवदह क्षेत्रमा तीव्र गतिका सवारी, ओभर–स्पिड र सडक सुरक्षा व्यवस्थापन कमजोर बन्दै गएको भन्दै आज देवदह प्रहरी चौकीमा ध्यानाकर्षण पत्र बुझाएको छ।

    स्ववियुले हाल देवदह–चौराहा हुँदै विभिन्न क्षेत्रमा तीव्र गतिमा सवारी दौडाइनुपर्ने प्रवृत्तिले दुर्घटना जोखिम अत्यधिक बढेको, स्थानीय बासिन्दा, विद्यार्थी, व्यापारी र सर्वसाधारण त्रसित बनेको उल्लेख गरेको छ। पत्रमा विशेषगरी रातका समयमा मोटरसाइकल तथा अन्य सवारीले अनियन्त्रित गतिमा गुडाउने, मोड, बजार क्षेत्र, विद्यालय क्षेत्र तथा जनघनत्व बढी भएका ठाउँमा समेत ट्राफिक नियमको उल्लङ्घन बढ्दै गएको बताइएको छ।

    images
    images
    images

    स्ववियुको भनाइमा, पछिल्ला महिना–दिनमा ओभर–स्पिडका कारण धेरै व्यक्ति घाइते हुने घटना बढेकाले तुरुन्तै प्रभावकारी कदम आवश्यक भएको छ। उनले यस्तो अवस्था निरन्तर रहिरहे जनजीवन नै जोखिममा पर्ने र दुर्घटना नियन्त्रण चुनौतीपूर्ण बन्ने चेतावनी दिएका छन्।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij