मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेपाल मगर संघ देवदहको अधिवेशन पौष १२ गते हुने

नेपाल मगर संघ देवदहको अधिवेशन पौष १२ गते हुने

images
  • 566
    SHARES

  • images
    images
    images
    नेपाल मगर संघ देवदहको अधिवेशन पौष १२ गते  हुने
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । नेपाल मगर संघ देवदह नगर समितिको बैठक सम्पन्न भएको छ । संघका नगर अध्यक्ष मनबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले नगर सम्मेलन तथा ५ औं अधिवेशन पौष १२ गते गर्ने निर्णय गरेको छ । नेपाल मगर संघ केन्द्रिय समितिले गरेको सर्कुलर अनुसार संघको नगर सम्मेलन तथा ५ औं अधिवेशन गर्ने निर्णय गरेको नगर सचिव मिलन मास्की रानाले जानकारी दिनु भयो ।

    बैठकले निर्वाचन सम्पन्न गर्नको लागि यम रानाको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरेको छ । जसको सदस्यहरुमा गोविन्द घर्ती र शोभाकुमारी थापा रहनु भएको छ । 

    images
    images
    images

    यसैगरी संघका केन्द्रिय केन्द्रिय अनुशासन आयोगका सदस्य जसबहादुर पुनको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरेको छ । जसको सदस्यहरुमा रीता थापा र खरसिं श्रीष रहनु भएको सचिव रानाले जानकारी दिनु भयो । अधिवेशन सम्पन्न गर्नको लागि विभिन्न उपसमिति समेत गठन गरेको छ ।

    निर्मल थापाको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, विन्दु थापाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, खडकबहादुर पुनको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, चोलीमाया रानाको संयोजकत्वमा प्रमाणपत्र व्यवस्थापन उपसमिति, किशनबहादुर थापाको संयोजकत्वमा जलपान व्यवस्थापन उपसमिति गठन गरेको उहाले जानकारी दिनु भयो ।

    अधिवेनमा प्रत्येक वडाबाट एक जना महिला अनिवार्य सहित ३ जना प्रतिनिधि संगै वडा समितिका अध्यक्ष प्रतिनिधि रहनेछ । बैठकमा केन्द्रिय अनुशासन आयोगका सदस्य जसबहादुर पुन, जिल्ला समन्वय समितिका सदस्यद्धय टेकबहादुर थापा, शोभाकुमारी थापा, पुर्वअध्यक्ष खरसिंह श्रीष, नेपाल मगर महिला संघका नगर अध्यक्ष विन्दु थापा, सल्लाहकार यम राना लगायतले आ–आफना सुझाव राखेका थिए । नगर सचिव रानाको संचालनमा बैठक सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij