बुधवार, आश्विन १४ गते २०८३
लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदह ३ सेमराहनामा नेपाल आदिबासी जनजाति समन्वय परिषद देवदहले एक महिने बाँसका हस्तकला तालिम एक कार्यक्रममा विच समापन गरिएको छ । मिना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा दिनेश चौधरीको स्वागत तथा सुरेन्द्र चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । व्यवसायीको लागि स्थान भन्दा पनि अहिलेको जमानामा मिडिया मैत्री हुनुपर्ने प्रमुख अतिथि देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै गुरुङ्गले समयसंग परिवर्तन हुनुपर्ने सिकेका सिप र कलाहरु सामाजिक संजाल मार्फत व्यापार तथा स्वदेश र विदेशमा समेत राम्रो व्यापार गर्न सकिने गुरुङ्गको भनाइ रहेको थियो । सिकेका सिप उत्पादन भए बजारीकरण व्यवस्थापन गर्न देवदह नगरपालिकाले विशेष जोड दिने प्रमुख अतिथि विद्यालक्ष्मी गुरुङ्गको भनाई छ । जनजातिलाई आएको तालिम व्यवसायी र आयआर्जनमा टेवा पुग्ने विश्वास लिएको वडा नम्बर २ का वडा अध्यक्ष दल बहादुर राकस्कोटीले बताउनु भयो ।
कार्यक्रममा देवदह वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले सिकेका सिपबाट उ्रत्पादन गरि वडामा लिएर आए सबै सामाग्री खरिद गर्ने प्रतिबद्धता जनाउनु भएको छ । त्यस्तै देवदह वडा नम्बर ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले अहिले सम्म सिकेका सिप खेरा गएको हुदा यो खेर नजाने विश्वास रहेको बताउनु भयो ।
उक्त कार्यक्रमा स्मृती सामुदायिक बनका अध्यक्ष भरत गुरुङ्ग, थारु कल्याणकारी देवदह प्रतिनिधि मन बहादुर चौधरी, गुरुङ्ग समाज नगर अध्यक्ष मन बहादुर गुरुङ्ग, नेपाल मगर संघ देवदह नगर अध्यक्ष मन बहादुर राना, नेपाली कांग्रेस देवदह नगर सभापति गुनाखर भुर्तेल, सल्लाहाकार बल बहादुर गुरुङ्ग,मातृ भाषा अभियान्ता तथा सल्लाहकार भिम प्रसाद गुरुङ्ग र विशिष्ट आतथि डिजिम नेपालका कमला तामाङ्ग लगाएतले बोलेका थिए । टंक बहादुर थापाको प्रशिक्षण रहेको कार्यक्रममा ४० जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो। डिजिएम नेपालको १४ लाख र जनजाति परिषदको एक लाख अनुदानमा तालीम आयोजना गरिएको थियो ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij