मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सिड्नी हमलामा मृत्यु हुनेको संख्या १५ पुग्यो, ४२ जना घाइते

सिड्नी हमलामा मृत्यु हुनेको संख्या १५ पुग्यो, ४२ जना घाइते

images
  • 241
    SHARES

  • images
    images
    images
    सिड्नी हमलामा मृत्यु हुनेको संख्या १५ पुग्यो, ४२ जना घाइते
    images
    images
    images

    लुम्बिनी पाना, एजेन्सी। अस्ट्रेलियाको सिड्नीमा आइतबार भएको गोलीबारीमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। यस घटनापछि इजरायली नेतृत्वले अस्ट्रेलियाले यहुदी विरोधविरुद्ध प्रभावकारी कदम चाल्न असफल भएको आरोप लगाएको छ।

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले क्यानबेराले लामो समयदेखि यहुदी विरोधी भावनालाई बढ्न दिएको आरोप लगाए। 
    उनले अस्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेपछि प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई अगस्टमा लेखेको पत्र स्मरण गर्दै ‘तपाईंहरूको नीतिले यहुदी विरोधको आगोमा तेल खन्याइरहेको छ’ भनेका थिए। दक्षिणी इजरायलमा आयोजित एक कार्यक्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै नेतान्याहुले भने, “नेताहरू मौन बस्दा यहुदी विरोध क्यान्सरझैँ फैलिन्छ।”

    images
    images
    images

    इजरायली विदेशमन्त्री गिडियोन सारले आफ्ना अूट्रेलियाली समकक्षी पेनी वोङसँग फोनवार्ता गर्दै अस्ट्रेलियामा यहुदी विरोध बढिरहेको भन्दै त्यसविरुद्ध कडा कारबाही गर्न आग्रह गरेका छन्। 

    राष्ट्रपति आइज्याक हर्जोगले बोन्डी समुद्र तटमा हनुक्काको पहिलो मैनबत्ती बाल्न भेला भएका यहुदीहरूमाथि भएको आक्रमणलाई ‘अत्यन्तै क्रूर’ भनेर निन्दा गरेका छन्। 

    सिड्नीको प्रसिद्ध बोन्डी समुद्र तटमा हनुक्काको पहिलो रातको अवसरमा आयोजना गरिएको ‘हनुक्का बाय द सी’ कार्यक्रममा गोलीबारी भएको थियो। अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले घटनालाई ‘दुष्टता, यहुदी विरोध र आतंकवादको कार्य’ भन्दै निन्दा गरे र ‘यहुदी अस्ट्रेलियालीमाथि भएको आक्रमण प्रत्येक अस्ट्रेलियालीमाथिको आक्रमण हो’ भने।

    यसैबीच राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन गभिरले अस्ट्रेलियाली सरकारमाथि यहुदीविरुद्धको आतंकवादलाई वैधानिकता दिएको आरोप लगाए भने विपक्षी नेता यायर लापिदले विश्वका विभिन्न शहरमा यहुदी समुदाय लक्षित घातक आक्रमण बढ्दै गएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल र निर्णायक अन्तर्राष्ट्रिय कदम आवश्यक रहेको बताए।

    उक्त घटनामा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि भएको छ।  घटनामा आक्रमणकारीमध्ये एक जनाको पनि मृत्यु भएको छ। 

    सिड्नीका प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षका बुबा र छोरा भएको बताएका छन्। तर उनीहरूले कुन उद्देश्यले आक्रमण गरेका हुन् भन्नेबारे खुलेको छैन।

    प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। २४ वर्षीय ती व्यक्तिको अवस्था गम्भीर छ। घटनापछि, घटनास्थलमा ड्युटीमा रहेका प्रहरीहरू सहित ४२ जना उपचाररत छन। 

    प्रहरीले ५० वर्षीय ती व्यक्तिसँग हतियारको लाइसेन्स रहेको बताएको छ। उनको नाममा छ वटा हतियार दर्ता गरिएको छ र बोन्डी बीचबाट थप छ वटा हतियार बरामद गरिएको छ।

    घटनास्थलमा दुईवटा सक्रिय विस्फोटक उपकरणहरू पनि फेला परेका छन्। प्रहरीले ती उपकरणहरूलाई सुरक्षित रूपमा निष्क्रिय पारेको छ।

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अस्ट्रेलियाली समाजबाट यहुदी विरोधी भावनालाई पूर्ण रूपमा उन्मूलन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij