मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

काठमाडौं महानगरले आज ३१ औं स्थापना दिवस मनाउँदै

काठमाडौं महानगरले आज ३१ औं स्थापना दिवस मनाउँदै

images
  • 152
    SHARES

  • images
    images
    images
    काठमाडौं महानगरले आज ३१ औं स्थापना दिवस मनाउँदै
    images
    images
    images

    लुम्बिनी पाना,  काठमाडौँ। आज आज काठमाडौँ महानगरपालिकाले ३१ औं स्थापना दिवस मनाउदैछ।  २०५२ सालमा  काठमाडौँ महानगरपालिकाको रुपमा घोषणा गरिएको थियो। काठमाडाैँ महानगरले दिवसका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरेको छ। 

    काठमाडौँ महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेका अनुसार सोमबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा स्थापना दिवसका कार्यक्रम गर्न लागिएको हाे। दिवसका अवसरमा काठमाडाैँ महानगरले स्रष्टा सम्मान पनि गर्दैछ। १० जना व्यक्तिलाई सम्मान गर्नुका साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुतिसमेत राखिएकाे छ।

    images
    images
    images

    काठमाडाैँ महानगरले हरेक वर्ष मंसिर २९ गते आफ्नाे स्थापना दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा महानगरपालिकाले आइतबार २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपियाँसहित सम्मानसमेत गरेको छ।

    आइतबार राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, सम्पदा तथा पर्यटन समितिकासंयोजक आशामान सङ्गत, समितिका सदस्यहरू, कार्यपालिका अन्तर्गतका समितिका संयोजकहरू उनीहरूलाई सम्मान  गरेका हुन्। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij