मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

दशौं देवदह महोत्सव : महोत्सवलाई उद्देश्यकेन्द्रित बनाउन पत्रकारहरूको सुझाव

दशौं देवदह महोत्सव : महोत्सवलाई उद्देश्यकेन्द्रित बनाउन पत्रकारहरूको सुझाव

images
  • 429
    SHARES

  • images
    images
    images
    दशौं देवदह महोत्सव : महोत्सवलाई उद्देश्यकेन्द्रित बनाउन पत्रकारहरूको सुझाव
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । दशौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारीका क्रममा आयोजक र स्थानीय पत्रकारबीच छलफल भएको छ । बिहीवार देवदहमा आयोजित छलफलमा महोत्सवको प्रचार-प्रसार र मिडिया कभरेजलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

    छलफलमा बोल्दै आयोजक संस्था उद्योग व्यापार संघ देवदहका अध्यक्ष गणेश कुमार खातीले महोत्सवलाई सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए । उनले प्रचार-प्रसार र समाचार कभरेजमा सहयोग गर्न आग्रह गरे ।

    images
    images
    images

    पत्रकारहरूले महोत्सवलाई वेथितिमुक्त, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आवश्यक रहेको सुझाव दिए । व्यापारमुखी नभई कृषि, पर्यटन, स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धनमा जोड दिनुपर्ने उनीहरूको धारणा थियो । 

    त्यसैग़री देवदह महोत्सव सञ्चालन हुँदै आएको देवदह मण्डपमा स्थायी संरचना निर्माणको विषयमा व्यवसायिक संस्थाहरूले अपेक्षित दबाब र सहजीकरण गर्न नसकेकोप्रति पनि पत्रकारहरूले टिप्पणी गरे । महोत्सव अवधिभर बिना रोकावट समाचार संकलन गर्न पाउने वातावरण सुनिश्चित गर्न समेत पत्रकारको माग छ ।

    छलफलमा मेलाका प्रमुख सल्लाहकार तथा उद्योग व्यापार संघ देवदहका संस्थापक अध्यक्ष गोविन्द ठटराईले पत्रकारसँग सहकार्य गरेर निर्वाध रूपमा समाचार संकलन गर्न पाउने वातावरण बनाइने प्रतिबद्धता जनाए । उनले स्थानीय मिडियालाई प्राथमिकतामा राखेर काम गर्ने र समन्वयमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । 

    बैठकमा आर्थिक पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक पत्रकारिता पुरस्कारका लागि अक्षयकोष निर्माण गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ । 

    मेलाका प्रचार–प्रसार उपसमितिका संयोजक विष्णु पोखरेलले महोत्सव अवधिभर सञ्चार डेस्क निर्माण गरिने र समाचार तथा प्रचार सामग्री उत्पादन गरिने जानकारी दिए । उनले अफिसियल मिडियाबाट तयार पारिएका सामग्री सबै मिडियाले प्रकाशन तथा प्रसारण गर्न सक्ने गरी उपलब्ध गराइने बताए ।

    सो अवसरमा मिडिया समन्वय समितिलाई विस्तार गरिएको र महोत्सवका लागि अफिसियल मिडिया तथा मिडिया पार्टनरसमेत चयन गरिएको जनाइएको छ । 

    छलफलमा देवदह प्रेस क्लबका उपाध्यक्ष तिलोचन दाहल, नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य गोविन्द घर्ती, सेतोमसीका कार्यकारी सम्पादक पवन पौडेल, लुम्बिनी पानाका समाचार प्रमुख निर्मल थापा, बुद्ध टेलिभिजनका संवाददाता केशव पराजुली, सिर्मिक आवाजका पत्रकार सुरज भट्टराई, देवदह प्रेस क्लबका नविन लुईँटेल, निश्चल अर्याल तथा उद्योग व्यापार संघ देवदहका सचिवा विनिराम सोमै लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।

    यही पौष २३ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । 

    पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ ।

    मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, डोरी तान्ने प्रतियोगितासंगै जलपरी अवलोकन, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ । 

    स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहने महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij