बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

इप्सा देवदहको आयोजनामा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

इप्सा देवदहको आयोजनामा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

images
  • 356
    SHARES

  • images
    images
    images
    इप्सा देवदहको आयोजनामा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। पूर्वी क्षेत्र निजी विद्यालय परिवार (ईप्सा) देवदहको आयोजनामा सम्पन्न प्रतियोगितामा १३ जना विद्यार्थीको सहभागिता रहेको थियो।

    प्रतियोगितालाई सम्बोधन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले प्रविधि आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले प्रविधिको सही, जिम्मेवार र सन्तुलित प्रयोगले जीवनलाई सहज, प्रभावकारी तथा प्रतिस्पर्धी बनाउने बताउँदै विद्यार्थीहरूलाई अध्ययनसँगै प्रविधिमा दक्ष बन्न प्रेरित गर्नुभयो। साथै, प्रविधिको दुरुपयोगबाट बच्दै सिर्जनात्मक र सकारात्मक कार्यमा यसको प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

    images
    images
    images

    माध्यमिक तहको वक्तृत्वकला प्रतियोगितामा बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयकी आनुष्का भण्डारी प्रथम, सगरमाथा आवासीय माध्यमिक विद्यालयकी आरध्या पौडेल द्वितीय, मदरल्याण्ड एकेडेमीकी प्रभा कार्की तृतीय तथा न्यू लुम्बिनी ई.बो. स्कुलकी खुशी घर्ती सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।३ विजेता विद्यार्थीहरूलाई क्रमशः नगद रु. ५ हजार, ४ हजार, ३ हजार र २ हजारसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो। “प्रविधिले हाम्रो जीवनशैली परिवर्तन गरेको छ” शीर्षकमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले प्रविधिले शिक्षा, स्वास्थ्य, सञ्चार तथा दैनन्दिन जीवनमा ल्याएका सकारात्मक प्रभाव र चुनौतीहरूबारे आफ्ना विचार प्रस्तुत गरेका थिए।

    प्रतियोगितामा निर्णायकका रूपमा परासी क्याम्पसका लेक्चरर अशोक श्रेष्ठ तथा जनसेवा माध्यमिक विद्यालय, सुनवलका शिक्षक यमराज तिमिल्सिना रहनुभएको थियो। कार्यक्रम ईप्सा देवदहका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षता, कार्यक्रम संयोजक नारायण केवटको स्वागत मन्तव्य र कोषाध्यक्ष कृष्णप्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij