लुम्बिनी पाना, देवदह ।नेपाल मगर संघ देवदह नगर समितिको पाँचौँ अधिवेशनको तयारी पूरा भएको छ।पुष १२ गते शनिबार देवदह स्थित संघको नगर कार्यालयमा हुने अधिवेशनको तयारी पूरा भएको नेपाल मगर संघ देवदह नगर अध्यक्ष मन बहादुर रानाले जानकारी दिनुभयो।
अधिवेशनमा १२ वटा बाट प्रतिनिधि तथा पर्यवेक्षक गरी ६० जना प्रतिनिधिको सहभागिता हुने नेपाल मगर संघ नगर समितिका सचीव मिलन माश्की रानाले जानकारी दिनुभयो।
अधिवेशन सम्पन्न गर्नको लागि यम रानाको संयोजकत्वमा गोविन्द घर्ती र शोभाकुमारी थापा सदस्य रहेको ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ।यसैगरी संघका केन्द्रिय केन्द्रिय अनुशासन आयोगका सदस्य जसबहादुर पुनको संयोजकत्वमा रीता थापा र खरसिं श्रीष सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको सचिव रानाले जानकारी दिनु भयो ।
त्यस्तै अधिवेशन सम्पन्न गर्नको लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । निर्मल थापाको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, विन्दु थापाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, खड्क बहादुर पुनको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, चोलीमाया रानाको संयोजकत्वमा प्रमाणपत्र व्यवस्थापन उपसमिति, किशनबहादुर थापाको संयोजकत्वमा जलपान व्यवस्थापन उपसमिति गठन गरेको छ।
अधिवेनमा प्रत्येक वडाबाट एक जना महिला अनिवार्य सहित ३ जना प्रतिनिधि संगै वडा समितिका अध्यक्ष प्रतिनिधि रहने छन् । नेपाल मगर संघ केन्द्रिय समितिले गरेको सर्कुलर अनुसार संघको नगर सम्मेलन तथा पाचौं अधिवेशन हुन लागेको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij