बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एभरेष्ट माध्यमिक विद्यालयको सांस्कृतिक कार्यक्रममा गरिएको टिप्पणीप्रति (नेशनल प्याब्सन) रुपन्देहीको आपत्ति

एभरेष्ट माध्यमिक विद्यालयको सांस्कृतिक कार्यक्रममा गरिएको टिप्पणीप्रति (नेशनल प्याब्सन) रुपन्देहीको आपत्ति

images
  • 273
    SHARES

  • images
    images
    images
    एभरेष्ट माध्यमिक विद्यालयको सांस्कृतिक कार्यक्रममा गरिएको टिप्पणीप्रति (नेशनल प्याब्सन) रुपन्देहीको आपत्ति
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल । एभरेस्ट माध्यमिक विद्यालय, बुटवलद्वारा आयोजित वार्षिक कार्यक्रमअन्तर्गत सम्पन्न सांस्कृतिक महोत्सवका केही गतिविधिलाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा गरिएको टिप्पणीप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) जिल्ला कार्यसमिति रुपन्देहीले गम्भीर ध्यानाकर्षण गराएको छ।

     

    images
    images
    images

    FB_IMG_1766714165740.jpg

     

     

    प्याब्सन रुपन्देहीका अनुसार विद्यालयको वार्षिक कार्ययोजनाअन्तर्गत प्रस्तुत सांस्कृतिक कार्यक्रममा देखाइएका नाट्य अभिनयलाई एकपक्षीय रूपमा व्याख्या गर्दै सामाजिक विकृति फैलाउने प्रयास गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूले केवल नाटकमार्फत काल्पनिक पात्रको भूमिका निर्वाह गरेको र विद्यालय प्रशासन तथा शिक्षकबाट आवश्यक सचेतना प्रदान गरिएको स्पष्ट गरिएको छ।

    भ्रामक सामग्रीका कारण विद्यार्थीको मनोबल, मानसिक स्वास्थ्य तथा शैक्षिक वातावरणमा नकारात्मक असर पर्न सक्ने भन्दै यस्ता सामग्री तत्काल सच्याउन, हटाउन र पुनरावृत्ति नगर्न सम्बन्धित सबै पक्षसँग प्याब्सनले आग्रह गरेको छ। साथै, शैक्षिक संस्थामा आयोजना हुने सिर्जनात्मक तथा सांस्कृतिक गतिविधिलाई सकारात्मक दृष्टिकोणबाट मूल्यांकन गर्न अनुरोध गरिएको छ।

    विज्ञप्तिमा नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष तिलक के.सी. र सचिव विनोद थापा मगरको हस्ताक्षर रहेको छ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij