बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा जिल्लास्तरीय वक्तृत्वकला तथा गायन प्रतियोगिता हुँदै

नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा जिल्लास्तरीय वक्तृत्वकला तथा गायन प्रतियोगिता हुँदै

images
  • 428
    SHARES

  • images
    images
    images
    नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा जिल्लास्तरीय वक्तृत्वकला तथा गायन प्रतियोगिता हुँदै
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)रुपन्देहीले जिल्लास्तरीय वक्तृत्वकला तथा गायन प्रतियोगिता आयोजना गर्ने भएको छ। 

    प्रतियोगिता २०८२ पौष १३ गते आइतबार देवदह-७ स्थित देवदह इंग्लिस बोर्डिङ स्कुलमा सञ्चालन हुने कार्यक्रम संयोजक कमल पौडेलले जानकारी दिनुभयो।

    images
    images
    images

    वक्तृत्वकलातर्फ जुनियर (कक्षा १–५) र सिनियर (कक्षा ६–१०) समूह रहनेछ। जुनियरतर्फ ‘स्वच्छ वातावरण : मेरो जिम्मेवारी’ र सिनियरतर्फ ‘युवा शक्ति : समृद्ध राष्ट्रको आधार’ शीर्षकमा वक्तृत्व प्रस्तुत गर्नुपर्नेछ। गायन प्रतियोगितामा भने कक्षा १० सम्मका विद्यार्थी सहभागी हुन सक्ने संयोजक पौडेलले बताउनुभयो।

    दुवै विधामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम पुरस्कारतर्फ नगद ३ हजार, द्वितीयतर्फ नगद २ हजार, तृतीयतर्फ नगद १ हजार ५ सय र सान्त्वना पुरस्कारतर्फ नगद १ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने नेशनल प्याब्सन रुपन्देहीले जनाएको छ।

    प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयले पौष ११ गतेसम्म नाम दर्ता गराउनुपर्ने छ। 

    नेशनल प्याब्सन रुपन्देहीले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटनका निमित्त निरन्तर रुपमा अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएको छ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij