बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा जिल्लास्तरीय वक्तृत्वकला तथा गायन प्रतियोगिता सम्पन्न

नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा जिल्लास्तरीय वक्तृत्वकला तथा गायन प्रतियोगिता सम्पन्न

images
  • 680
    SHARES

  • images
    images
    images
    नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा जिल्लास्तरीय वक्तृत्वकला तथा गायन प्रतियोगिता सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)रुपन्देहीको आयोजनामा जिल्लास्तरीय वक्तृत्वकला तथा गायन प्रतियोगिता सम्पन्न भएको छ। आइतबार देवदह इङलिस बोर्डिङ स्कुलको सभा हलमा वक्तृत्वकला तथा गायन प्रतियोगिता सम्पन्न भएको हो।

    वक्तृत्वकला प्रतियोगितामा जुनियर र सिनियर तर्फ १०-१० वटा विद्यालयको सहभागीता रहेको थियो।

    images
    images
    images

    जुनियरतर्फ ‘स्वच्छ वातावरण : मेरो जिम्मेवारी’ शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा देवदह इङलिस बोर्डिङ स्कुलका छात्रा निकोल चापागाईं प्रथम, बुटवल ग्लोरी बोर्डिङ स्कुलका आशिष घिमिरे दोस्रो, ब्राइट स्टार इङलिस बोर्डिङ स्कुलका नफिसा खातुन तृतीय र सिद्दार्थ ग्यालेक्सी पब्लिक स्कुलका शिवानी सापकोटाले चौथो स्थान प्राप्त गरेका छिन् ।

    त्यस्तै सिनियरतर्फ ‘युवा शक्ति : समृद्ध राष्ट्रको आधार’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा देवदह इङलिस बोर्डिङ स्कुलकी दिया न्यौपाने प्रथम, स्कलर्स होम बोर्डिङ स्कुलकी स्लेशा शर्मा दोस्रो, सिद्दार्थ ग्यालेक्सी पब्लिक स्कुलकी स्मृति भट्टराई तृतीय र मोर्डेन पब्लिक स्कुलकी पल्लवी कुमारी कान्डुले चौथो स्थान हासिल गरेका छन् ।

    त्यस्तै गायन तर्फ ९ वटा विद्यालय सहभागी भएकोमा सिद्दार्थ ग्यालेक्सी पब्लिक स्कुलका जेन्ड्रीया थापा प्रथम, देवदह इङलिस बोर्डिङ स्कुलका खुशी राना दोस्रो, नमुना एभरग्रीन इङलिस बोर्डिङ स्कुलका नुराङ्ग सारु तृतीय र ब्राइट स्टार इङलिस बोर्डिङ स्कुलका सृष्टि आलेले चौथो स्थान हासिल गरेका छन् ।

    वक्तृत्वकला र गायन दुवै विधामा प्रथम, द्वितीय, तृतीय तथा चौथो हुन सफल विद्यार्थीहरुले क्रमशः नगद ३ हजार, २ हजार, १ हजार ५ सय र १ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए।

    कार्यक्रमका प्रमुख अतिथि एन प्याब्सनका केन्द्रिय उपमहासचिव बिष्णु प्रसाद पौडेलले अतिरिक्त क्रियाकलापले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न सहयोग पुग्ने बताउनुभयो।विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई विद्यालयले अतिरिक्त क्रियाकलाप समेत निरन्तर संचालन गर्नुपर्ने उहाँको धारणा रहेको थियो।

    कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सल्लाहकार राजु गुरुङ, केन्द्रिय सदस्य वीर गुरुङ, पुरुशोतम बश्याल, देवदह इङलिस बोर्डिङ स्कुलका कार्यवाहक प्राचार्य मन बहादुर क्षेत्री, विद्यालयका  संस्थाका पदाधिकारी एवं विद्यार्थी र शिक्षक प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

    वक्तृत्वकला तर्फ डा. हिरण्यलाल ज्ञवाली र ऋषिराम भुसाल तथा गायनतर्फ गायक बसन्त श्रेष्ठ र भगेन्द्र भगत निर्णायकको रुपमा रहेका थिए।

    कार्यक्रम नेशनल प्याब्सन रुपन्देहीका कार्यवाहक अध्यक्ष अमित यादवको अध्यक्षता, नेशनल प्याब्सन रुपन्देहीका सह कोषाध्यक्ष शंकर प्रसाद गौतमको स्वागत, कोषाध्यक्ष एवं कार्यक्रम संयोजक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

    नेशनल प्याब्सन रुपन्देहीले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटनका निमित्त निरन्तर रुपमा अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएको छ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij