बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पाल्पा सिमेन्टको आइपिओमा देवदहलाई पनि प्रभावित क्षेत्रमा समावेश गर्न नगरपालिकाको ध्यानाकर्षण

पाल्पा सिमेन्टको आइपिओमा देवदहलाई पनि प्रभावित क्षेत्रमा समावेश गर्न नगरपालिकाको ध्यानाकर्षण

images
  • 235
    SHARES

  • images
    images
    images
    पाल्पा सिमेन्टको आइपिओमा देवदहलाई पनि प्रभावित क्षेत्रमा समावेश गर्न नगरपालिकाको ध्यानाकर्षण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह नगरपालिकाले पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) मा देवदह नगरपालिकालाई समेत प्रभावित क्षेत्र का रूपमा समावेश गर्न माग गरेको छ।

     

    images
    images
    images

    1767334315954.jpg

     

    नगर कार्यपालिकाको कार्यालय देवदहले पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडका अध्यक्षलाई पत्र पठाउँदै उद्योग र देवदह नगरपालिकाबीचको भौगोलिक दूरी करिब १०० मिटर मात्र रहेको उल्लेख गरेको छ। पत्रमा उद्योग सञ्चालनका कारण उत्पन्न हुने हावा, पानी, धुलो, ध्वनि तथा यातायातजन्य प्रदूषणको प्रभाव देवदहका स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा भोगिरहेको जनाइएको छ।

    नगरपालिकाका अनुसार उद्योगबाट सिर्जित वातावरणीय प्रभाव देवदह नगरपालिकाका विभिन्न वडामा देखिन थालेकाले नगरपालिकालाई पनि अनिवार्य रूपमा प्रभावित क्षेत्रको रूपमा समावेश गरिनुपर्ने माग गरिएको हो। साथै प्रभावित क्षेत्रका स्थानीय समुदायलाई मापदण्डअनुसार IPO मा सहभागी हुने अवसर सुनिश्चित गर्न पुनः सूचना प्रकाशन गर्न समेत अनुरोध गरिएको छ।

    देवदह नगरप्रमुख ध्रुव प्रसाद खरेलद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई समेत पठाइएको छ। नगरपालिकाले सोही व्यवहोराको पत्र नेपाल धितोपत्र बोर्ड ललितपुरलाई समेत पठाएको छ।

    यस विषयमा स्थानीयले सामाजिक संजालबाट खबरदारी र औपचारिक रूपमा विरोध गर्ने कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् । नगर प्रबक्ता गणेश डुम्रे, पूर्व नगर प्रमुख हिरा बहादुर खत्री, रास्वपा सभापति किरण भण्डारी, सामाजिक अभियान्ता प्रेम थापा लगायत स्थानीयले पनि सामाजिक संजाल मार्फत देवदह प्रभावित क्षेत्र भएकोमा कुनै दुविधा नभएको भन्दै न्यायोचित निर्णय गर्न खबरदारी गरेका छन् ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij