बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

चरङ्गे भूमिगत खानेपानी संस्थाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

चरङ्गे भूमिगत खानेपानी संस्थाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

images
  • 399
    SHARES

  • images
    images
    images
    चरङ्गे भूमिगत खानेपानी संस्थाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । चरङ्गे भूमिगत खानेपानी तथा सरसफाइ संस्था, देवदह–१० को पाँचौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पोम बहादुर जिसीको अध्यक्षतामा चरङ्गेस्थित संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि खानेपानी तथा सरसफाइ कार्यालय योगिकुटी, रुपन्देहीका प्रमुख प्रकाश के.सी.ले उपभोक्तालाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउनु खानेपानी संस्थाको प्रमुख दायित्व भएको बताउनु भयो । उहाँले संस्थाले स्थापना गरेको आकस्मिक कोष अनावश्यक क्षेत्रमा खर्च नगरी भैपरि आउने अत्यावश्यक कार्यमा मात्र प्रयोग गर्न आग्रह गर्नुभयो ।

    सोही कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष यक बहादुर सुनारले वडाबाट खानेपानी संस्थालाई आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थापक अध्यक्ष समेत रहनु भएका विशिष्ठ अतिथी सुनारले सुरुवाती समयमा संस्था स्थापना गर्दा विभिन्न चुनौती र अभावको सामना गरेको उल्लेख गर्दै उपभोक्तालाई खानेपानीको व्यवस्था गर्न सफल भएको स्मरण गर्नुभयो । 

    images
    images
    images

    कार्यक्रममा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय सदस्य दिपक पौडेलले संस्थागत सुशासन, पारदर्शिता र उपभोक्ता सहभागिता मजबुत भए मात्र खानेपानी सेवा दीगो हुने बताउनुभयो । कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघकाका केन्द्रिय सदस्य अनिशा लामिछानले खानेपानी संस्थाले महिला, बालबालिका र विपन्न समुदायको पहुँचलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    कार्यक्रममा संस्थाका सचिव खिम पुनले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष एक नारायण रिजालले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक डिल्लीराम रिजालले लेखा प्रतिवेदन बाचन गर्नु भएको थियो। संस्थाका उपाध्यक्ष खेम बहादुर गुरुङको स्वागत तथा सहसचिव राम प्रसाद काफ्लेको संचालनमा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यपालिका सदस्य कुमार परियार,देवदह खानेपानी संस्थाका अध्यक्ष गुमान सिंह कुवर क्षेत्री, वडा नम्बर १० का वडा सदस्य अमर लामिछाने, समाजसेवी मन कुमार कनौजे, सल्लाहकार कृष्ण बहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij