लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ मा रहेको गोधुली बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार संस्थाको कार्यालयमा वार्षिक साधारण सभा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि देवदह सहकारी सञ्जालका अध्यक्ष जागेश्वर पङ्गेनीले मन्तव्य व्यक्त गर्दै कतिपय सहकारीहरुले उपभोक्तालाई झुठो आश्वासन देखाएर ठगी गरिएका घटनाहरू सार्वजनिक भएको उल्लेख गर्दै सहकारी संस्थाहरु नियम अनुसार चलेको छ कि छैन भन्ने कुरा निगरानी आवश्यक रहेको बताउनुभयो।
उहाँले सहकारीमार्फत सदस्यहरूले पाउने फाइदा, जस्तै बचतको सुरक्षा, ऋणको सहज पहुँच र सदस्यको वित्तीय सशक्तिकरण पनि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी नमस्ते लुम्बिनी बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष शंकर कुंवरले शेयर सदस्य न्यून रहेका सहकारीहरू गरि संचालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।साधारणसभाको अवसरमा सहकारीले छात्रवृत्ति कार्यक्रम अन्तर्गत ज्ञान ज्योति मावि र भुल्के माविलाई शैक्षिक सामाग्री वितरण गरेको थियो।
साधारणसभामा विभिन्न पदमा मनोनयन दर्ता गरी सर्वसम्मतबाट रिक्त पद पदपूर्ति गरिएको छ। उपाध्यक्षमा लक्ष्मी क्षेत्री, सदस्यमा भूमिसर राना र खाम्चा मगर चयन भएका छन्। निर्वाचन मण्डलमा संयोजक विजयरत्न पराजुल, सदस्य राम बहादुर थापा र दुर्गा कुमारी पोखरेल रहेका थिए।
वार्षिक साधारणसभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष गंगा बहादुर थापा, लेखा प्रतिवेदन अर्जुन थापा ले प्रस्तुत गर्नुभयो। कार्यक्रम संस्थाका अध्यक्ष रमेश चन्द्र गैह्रेको अध्यक्षता, व्यवस्थापक केशव अधिकारीको स्वागत र सचिव वाल्मिकी पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij