मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

दशौँ देवदह महोत्सव : उत्कृष्ट र्याली र झाँकीलाई नगद पुरस्कार दिइने

दशौँ देवदह महोत्सव : उत्कृष्ट र्याली र झाँकीलाई नगद पुरस्कार दिइने

images
  • 347
    SHARES

  • images
    images
    images
    दशौँ देवदह महोत्सव : उत्कृष्ट र्याली र झाँकीलाई नगद पुरस्कार दिइने
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह महोत्सवको उद्घाटन समारोहमा सहभगी हुने उत्कृष्ट र्याली र झाँकीलाई पुरस्कृत गरिने भएको छ । झाँकीतर्फ उत्कृष्ट तीन समूह र र्यालीतर्फ चार समूहलाई नगद र कदर पत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

    महोत्सवका र्याली व्यवस्थापन उपसमिति संयोजक केशव पुनले आमा समूह, टोल विकस संस्था, मन्दिर समिति, जातीय संघसंस्था सबैलाई र्यालीमा सहभागीताको लागि पत्राचार भएको बताए । 'सबैलाई पत्राचार भएको छ, उकृष्ट र्याली र झाँकीलाई पुरस्कृत गरिने छ' उनले भने ।

    images
    images
    images

    र्याली तथा झाँकी मुल्यांकनको लागि तीन सदस्यीय समिति बनाइएको मेला मूल आयोजक संयोजक गणेश खातीले जानकारी दिए । मुल्यांकन समिति महोत्सवको गेटमा बस्ने र सबै र्याली र झाँकीको रेकर्डसंगै मुल्यांकन गर्ने उनले बताए ।

    महोत्सवका संघसंस्था उपसमिति संयोजक गोविन्द क्षेत्रीले सबै वडाका टोल विकास संस्था र आमा समूहसंग र्यालीको विषयमा छलफल भएको बताए ।

    सधै खैरेनीको लोकेश्वर मन्दिरबाट सुरु हुने महोत्सवको र्याली यो पटक भने दुर्गा पंचायान मन्दिर शीतलनगरबाट हुने जनाइएको छ ।५ बिहान ११ बजे र्याली सुरु हुने र १ बजे देवदह मण्डपमा महोत्सव उद्घाटन हुने मेलाका सचिवाय्लय संयोजक विनिराम सोमैले जानकारी दिए ।

    उद्योग व्यापार संघ देवदहको आयोजनामा यही पौष २३ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

    पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ ।

    मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, डोरी तान्ने प्रतियोगितासंगै जलपरी अवलोकन, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।

    स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहने महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij