लुम्बिनी पान, यूएई । देवदह सेवा समाज यूएईको अधिवेशन–२०२६ बाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। समाजको आगामी कार्यकाल (२०२६–२०२८) का लागि श्याम बश्यालको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि सागर केँडेल चयन भएका छन्। यस्तै उपाध्यक्षहरूमा सुमित्रा बाह्रघरे, कृष्ण अर्याल, कृष्णप्रसाद न्यौपाने र सागर भण्डारी रहेका छन्। महासचिवमा माधव गौतम र कोषाध्यक्षमा विजय तिवारी रहेको निर्वाचन मण्डलका संयोजक तोयानाथ लम्सालले जानकारी दिए।
संस्थाको सचिवमा पवन के.सी., विष्णु पाण्डेय र टिकाराम क्षेत्री चयन भएका छन् भने सह–कोषाध्यक्षमा बिन्दु ढकाल चयन भएका छन्।त्यस्तै प्रवक्ताको जिम्मेवारी छवि पाण्डेलाई दिइएको छ।
महिला विभाग संयोजकमा बन्दना न्यौपाने गौतम, संगठन विभाग प्रमुखमा लाल बहादुर विश्वकर्मा, सास्कृतिक विभाग प्रमुखमा मोनिका अधिकारी, प्रचार–प्रसार विभाग प्रमुखमा टिकाराम कोइराला तथा अनुशासन विभाग प्रमुखमा देवी पौडेल चयन भएका छन्। खेलकुद विभाग संयोजकमा सुभाष अर्याल र युवा संयोजकमा उमेश न्यौपाने रहेका छन्।
कार्यसमितिका सदस्यहरूमा धन बहादुर पौडेल, शिवप्रसाद ढकाल, मधु गहतराज, तुलसा न्यौपाने, राजन क्षेत्री, पूर्णकुमारी थापा, लीलाधर चापागाईं, गिता खरेल भट्टराई, सपना गुरुङ, राधा अधिकारी र दीपक पौडेल रहेका छन्।
अधिवेशन सम्पन्न गराउन निर्वाचन समिति संयोजक तोयानाथ लम्साल तथा सदस्यहरू लक्ष्मण अर्याल र युवालाल सापकोटाले भूमिका निर्वाह गरेका थिए। नवनिर्वाचित कार्यसमितिले यूएईमा रहेका देवदहवासीबीच एकता, सामाजिक सेवा र सांस्कृतिक पहिचानको संरक्षणमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाली समाज यूएईका उपाध्यक्ष केशव राज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, देवदह सेवा समाज यूएईका संस्थापक तथा निवर्तमान अध्यक्ष रमेश न्यौपाने, हिन्दू जागरण नेपाल शाखा यूएई, सनातन गाई संरक्षण अभियान यूएईका प्रतिनिधिहरु अतिथिका रूपमा सहभागी थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij