बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा ७८६ जनालाई पूर्जा वितरण, १ हजार २ सय ५० हेक्टर जग्गा नापजाँच

देवदहमा ७८६ जनालाई पूर्जा वितरण, १ हजार २ सय ५० हेक्टर जग्गा नापजाँच

images
  • 581
    SHARES

  • images
    images
    images
    देवदहमा ७८६ जनालाई पूर्जा वितरण, १ हजार २ सय ५० हेक्टर जग्गा नापजाँच
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह नगरपालिकाको १७ औं नगर सभामा भूमि व्यवस्थापनसम्बन्धी हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको छ। नगर सभामा प्रस्तुत विवरणअनुसार नगरपालिकामा १६ हजार २ सय ८६ वटा लागत संकलन फाराम संकलन गरिएको छ भने १ हजार २ सय ५० हेक्टर क्षेत्रफलको जग्गा नापजाँच सम्पन्न भइसकेको छ।

    नगर सभामा नगर प्रमुख ध्रुव प्रसाद खरेलले जानकारी गराए अनुसार हालसम्म १ हजार ३ सय ६१ जनाको राजस्व दायित्वको सूचना तयार गरिएको छ भने ८ सय ३७ जनाले राजस्व दायित्व पूरा गरिसकेका छन्। यसैगरी ७ सय ८६ जनालाई जग्गाधनी पूर्जा वितरण गरिएको पनि नगर सभालाई अवगत गराइएको छ।

    images
    images
    images

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने उद्देश्यका साथ भूमि समस्या समाधान आयोगसँगको सहकार्यमा नगरपालिकाले निरन्तर काम गरिरहेको जानकारी पनि १७ औं नगर सभामा प्रस्तुत गरिएको थियो।

    जेन्जी आन्दोलन पछि बनेको सुशिला कार्की नेतृत्वको सरकारले भुमि सम्बन्धि समस्या समाधान आयोग खारेज गरिदिएको थियो। आयो खारेज भएपछि सर्वोच्चमा मुद्दा समेत परेको थियो। भुमि सम्बन्धि समस्या आयोग खारेजीको निर्णय अदालतले उल्टाइदिएको छ।नगरपालिकाले भूमि व्यवस्थापनका यी उपलब्धिले दीर्घकालीन रूपमा भूमि समस्या समाधानमा ठोस आधार तयार हुने विश्वास व्यक्त गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij