बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गौतम बुद्धमावली पञ्चेबजा समुहको अध्यक्षमा विरकट्टा चयन

गौतम बुद्धमावली पञ्चेबजा समुहको अध्यक्षमा विरकट्टा चयन

images
  • 208
    SHARES

  • images
    images
    images
    गौतम बुद्धमावली पञ्चेबजा समुहको अध्यक्षमा विरकट्टा चयन
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । गौतम बुद्धमावली पञ्चेबजा समुह देवदह–४, को पहिलो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । समुहका अध्यक्ष गिरीप्रसाद विरकट्टाको अध्यक्षता र देवदह नगरपालिका–४, का वडाअध्यक्ष दमननाथ रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समुहको प्रथम अधिवेशनले पुनः गिरीप्रसाद विरकट्टाको अध्यक्षतामा ११ सदस्यीय नया समिति गठन गरेको छ । जसको उपाध्यक्षमा ईन्द्रबहादुर थापा, सचिवमा मनकुमारी थापा, सहसचिवमा जोगेन्द्रबहादुर राना, कोषाध्यक्षमा रामप्यारी राना रहनु भएको छ ।

    यसैगरी सदस्यहरुमा अमरराज पोखरेल, सूर्यप्रसाद पाठक, केशरी पुन, सुरजबहादुर सार्की, नमिता बुढा, यमबहादुर थापा रहनु भएको छ । अधिवेशनले कुलबहादुर दर्लामीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ । जसको सदस्यहरुमा केशमाया थापा, कल्पना हमाल रहनु भएको छ । अधिवेशनको उद्घाटन गर्दै वडाअध्यक्ष रेग्मीले कला, संस्कार, संस्कृति संरक्षणको लागि वडा कार्यालय सदैव साथमा रहेको बताउनु भयो । उहाले लोपहुन लागेको पञ्चेवाजा संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयले बजेट विनियोजन गरी पञ्चेवाजाका सामाग्री प्रदान गरिएको जानकारी दिनु भयो । उहाले वडा कार्यालयले प्रदान गरेको पञ्चेबाजाका सामाग्रीलाई व्यवसायीक रुपमा अगाडि बढाउन आग्रह गर्नु भयो । कार्यक्रममा अध्यक्ष विरकट्टाले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामप्यारी थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    images
    images
    images

    कार्यक्रममा वडा सदस्य कल्पना हमाल, कोलियराज्य बुद्ध मावली क्षेत्र विकास संस्थाका लिलावल्लभ भट्टराई, नेपाल मगर संघ भवानीपुरका अध्यक्ष चन्द्रबहादुर राना, ईन्द्रबहादुर थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । समुहका सदस्य अमरराज पोखरेलको स्वागत र सहसचिव जोगेन्द्रबहादुर रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij