मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा २० दिने कफी बनाउने तालिम सुरु

देवदहमा २० दिने कफी बनाउने तालिम सुरु

images
  • 250
    SHARES

  • images
    images
    images
    देवदहमा २० दिने कफी बनाउने  तालिम सुरु
    images
    images
    images

    लुम्बिनी पाना,देवदह। बुद्ध सामुदायिक वन उपभोक्ता समूह (देवदह ५ र ६) को आर्थिक सहयोग तथा माछापुच्छ्रे ब्यारिस्ता स्कुलको प्राविधिक व्यवस्थापनमा २० दिने कफी बनाउने तालिम आइतबार देखि सुरु भएको छ। स्थानीय युवाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले आयोजित यस तालिममा २७ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ।

    कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि देवदह सब-डिभिजन वन कार्यालयका रेन्जर चिन्तामणि पन्जियारले सामुदायिक वनले वन संरक्षणसँगै उपभोक्ताको जीविकोपार्जनमा लगानी गर्नु प्रशंसनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो,  "वनलाई केवल काठ दाउराको स्रोतका रूपमा मात्र नहेरी यसरी उद्यमशीलता र सीप विकाससँग जोड्नु आजको आवश्यकता हो। यहाँ सिकेको सीपलाई केवल प्रमाणपत्रमा सीमित नगरी व्यावसायिक रूपमा प्रयोग गरेर आत्मनिर्भर बन्न म प्रशिक्षार्थीहरूलाई आग्रह गर्दछु। वन कार्यालय यस्ता रचनात्मक र आयआर्जनका कार्यमा सधैँ साथमा रहनेछ।"

    images
    images
    images

    कार्यक्रममा बोल्दै गाउँ वन समन्वय सञ्जाल रूपन्देहीका अध्यक्ष खेमनारायण अधिकारीले सीप नै आत्मनिर्भरताको कडी भएको उल्लेख गर्नुभयो। त्यस्तै, सिद्धार्थ कोलोनी टोल विकास संस्थाका अध्यक्ष केसर पुन र बुद्ध वन सल्लाहकार संयोजक यमलाल तिवारीले तालिमको पूर्ण सफलताको शुभकामना दिँदै यसले स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो।

    मुख्य प्रशिक्षक भानु पंगेनीले तालिमको पाठ्यक्रम र कफी क्षेत्रमा रहेको अवसरबारे प्रकाश पार्नुभएको थियो।
    २० दिनसम्म चल्ने यस तालिममा सहभागीहरूलाई कफी बनाउने विभिन्न विधि (ब्यारिस्ता कोर्स) बारे प्रयोगात्मक र सैद्धान्तिक ज्ञान प्रदान गरिने प्रशिक्षक  पंगेनीको भनाई थियो। 

    तालिममा सहभागी प्रशिक्षार्थी प्रशान्त पुनले गाउँघरमै व्यावसायिक कफी बनाउने तालिम लिन पाउँदा निकै खुसी लागेको बताउनुभयो। उहाँले भन्नुभयो— "अहिलेको समयमा कफीको माग बढ्दो छ। आफ्नै ठाउँमा यसरी तालिम लिन पाउनु हाम्रा लागि ठुलो अवसर हो।यो २० दिनमा राम्रोसँग सीप सिकेर भविष्यमा कफी व्यवसाय गर्ने वा यसै क्षेत्रमा रोजगारी गर्ने मेरो योजना रहेकाे तालिममा सहभागीको भनाई थियो। 

    समूहका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता, लेखा संयोजक सन्तोष भट्टराईको स्वागत र सचिव राधिका अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij