बुधवार, आश्विन १४ गते २०८३
लुम्बिनी पाना, देवदह । दशौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०८२ अन्तर्गत आयोजित लोक भजन प्रतियोगितामा हरिकीर्तन भजन सक्षम सेवा समिति प्रथम भएको छ । प्रतियोगितामा सहभागी समूहहरूमध्ये सर्वाधिक अंक प्राप्त गर्दै हरिकीर्तन समूह प्रथम भएको जनाइएको छ ।
प्रतियोगितामा महामाया भवानीपुर भजन समूह दोस्रो, केरवानी माध्यमिक विद्यालय संगीत क्लब तेस्रो तथा नवदुर्गा सांस्कृतिक भजन समूह सान्तवना भएका छन् । प्रतियोगितामा विजेता समूहलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको सांस्कृतिक उपसमिति सल्लाहकार तेजु अर्यालले जानकारी दिए ।२ मेलामा समावेश गरिएको लोक भजन प्रतियोगिताले धार्मिक, सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुगेको आयोजकको भनाइ छ ।
प्रतियोगितामा महेन्द्र रेग्मी र दण्डपाणी पाण्डेय निर्णायक भूमिका निर्वाह गरेका थिए । मेलाअन्तर्गत सञ्चालन गरिएका यस्ता सांस्कृतिक कार्यक्रमहरूले स्थानीय प्रतिभा उजागर गर्नुका साथै समुदायलाई सांस्कृतिक रूपमा एकताबद्ध गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।
माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु¥याउँदै आएको आयोजकको भनाइ छ ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।
स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहको महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij