लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा संचालित नगरस्तरीय वडाकप भलिवल प्रतियोगिता अन्तर्गत क्वाटर फाईनलका खेलहरु सम्पन्न भएको छ । सम्पन्न क्वाटर फाईनल खेलमा वडा नम्वर ५, ६, ७, र १० सेमीफाईनलमा प्रवेश गरेको छ।
प्रतियोगिता अन्तर्गत भएको पहिलो क्वाटर फाईनल खेलमा देवदह–७, रातोलाई २५–११, २५–११ को सोझो सेटमा हराउदै वडा नम्वर ५, सेमिफाईनलमा प्रवेश गरेको छ । दोश्रो खेलमा वडा नम्वर ८ लाई २५–१३, २५–१३ को सोझो सेटमा हराउदै वडा नम्वर ७, सेमिफाईनलमा प्रवेश गरेको छ । यसैगरी तेश्रो खेलमा वडा नम्वर ७ बि लाई २८–२२, २८–२६ को सोझो सेटमा हराउदै देवदह–६, सरनवारी सेमिफाईनलमा प्रवेश गरेको छ । त्यसैगरी प्रतियोगिता अन्तर्गतको चौथो खेलमा वडा नम्वर १० सेमिफाईनलमा प्रवेश गरेको छ।
खेलमा वडा नम्वर ६, लाई २–१, को सेटमा हराउदै वडा नमवर १० सेमिफाईलनमा प्रवेश गरेको हो । खेलमा वडा नमवर १०, ले २५–१९, १५–१२ मा दुई सेट जित्न सफल भएको थियो भने वडा नम्वर ६, ले २५–२२ मा एक सेट जित्न सफल भएको थियो । प्रतियोगिता अन्र्तगत बुधवार पहिलो सेमिफाईलन खेलमा वडा नम्वर ५ र १० खेल्नेछ भने दोश्रो सेमिफाईनल खेल वडा नम्वर ७ र वडा नम्वर ६, सरनवारी वीच हुने खेल संयोजक राजेन्द्र धमेलले जानकारी दिनु भयो ।
वडास्तरीय खेलकुद विकास समिति देवदह–७, को आयोजना र देवदह नगरपालिका–७, वडा कार्यालयको सहयोगमा भएको प्रतियोगिताका विजेताले नगद ३१ हजार, उपविजेताले नगद २१ र तृतिय हुने टिमले नगद ११ हजार, ट्रफी प्राप्त गर्ने खेल संयोजक धमेलले जानकारी दिनुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij