सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा माघे सक्रान्ति पर्व मनाइयो : विकास र समृद्धिमा सहकार्यको प्रतिबद्धता

देवदहमा माघे सक्रान्ति पर्व मनाइयो : विकास र समृद्धिमा सहकार्यको प्रतिबद्धता

images
  • 216
    SHARES

  • images
    images
    images
    देवदहमा माघे सक्रान्ति पर्व मनाइयो : विकास र समृद्धिमा सहकार्यको प्रतिबद्धता
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदहमा माघे सक्रान्ती पर्व मनाइएको छ।नेपाल मगर संघ देवदह नगर समितिको आयोजनामा देवदह स्थित मगर संघको भवनमा माघे सक्रान्ती पर्व मनाइएको हो।

     

    images
    images
    images

    1768532782733.jpg

     

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले देवदहको विकास र समृद्धिको लागी सबै समुदायसङ्ग सहकार्य गरि अगाडि बढेको बताउनुभयो।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका खरेलले लक्षित समुदायको लागी पालिकाले प्राथमिकताको आधारमा समानन्तर र समानुपातिक ढंगले बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो।

    कार्यक्रममा उहाँले देवदहले क्रमिक रुपमा विकासको गति समातेको धारणा व्यक्त गर्नुभयो।एडिभीको सहयोगमा झण्डै २ अर्ब बराबरको स्तरीय सडक पूर्वाधार बन्न लागेको जानकारी दिनुभयो।त्यस्तै शंकरपुरदेखी खैरेनी सम्म स्तरीय ग्राभेलको काम समेत भैरहेको बताउनुभयो।

    कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेपाल मगर संघका केन्द्रिय सह-अध्यक्ष दल बहादुर विरकट्टा मगरले मगर समुदाय आफैमा गौरवशाली इतिहास बोकेको जाती भएको उल्लेख गर्नुभयो। उहाँले भाषा संरक्षण तथा प्रवर्द्धनका कार्यक्रम अघि बढाउने विषयमा जोड दिनुभयो ।

    हरेक समुदायको भाषा, संस्कृति र अधिकारका विषयलाई नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनुभयो।

    त्यसैगरी नेपाल मगर संघका केन्द्रिय अनुशासन समितिका सदस्य जस बहादुर पुनले स्थानीय तहले विनियोजन गर्ने बजेटमा कुनै किसिमको विभेद हुन नहुने धारणा राख्नुभयो।

    नेपाल मगर संघका पूर्व अध्यक्ष शोभा कुमारी थापाले माघे सक्रान्ती पर्व मगर समुदायको प्रमुख चाड रहेको उल्लेख गर्दै विकृती रहित ढंगले संस्कृति र परम्पराको संरक्षण गर्दै मनाउनुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा सल्लाहकार यम रानाले सबै समुदाय र संघ–संस्थाबीच सहकार्य गर्दै अघि बढ्नुपर्ने र स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउने तथा सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिनुभयो।

    सल्लाहकार प्रेम थापा मगरले मगर समुदायको इतिहासबारे ब्याख्या गर्दै मगर समुदाय अब नीति र निर्माण तहमा पुग्नको लागी तयारी गर्नुपर्ने धारणा राख्नुभयो।

    त्यस्तै संस्थाका निवर्तमान अध्यक्ष मन बहादुर रानाले नगर समितिले मगर जातीको उथ्थान र संस्कृतिको संरक्षणका लागी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो।

    कार्यक्रममा राष्ट्रिय कलाकार बसन्ती थापा मगर र स्थानीय कलाकारहरुको सास्कृतिक प्रस्तुति समेत रहेको थियो।

    कार्यक्रम मगर संघ नगर अध्यक्ष किशन बहादुर थापाको अध्यक्षता , उपाध्यक्ष मिलन माश्की रानाको स्वागत र सचीव चोलिमाया रानाको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij