बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह मेलामा लुकाइछिपाइ राखिएको मदिरा बरामद

देवदह मेलामा लुकाइछिपाइ राखिएको मदिरा बरामद

images
  • 222
    SHARES

  • images
    images
    images
    देवदह मेलामा लुकाइछिपाइ राखिएको मदिरा बरामद
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा सञ्चालन भइरहेको महोत्सव परिसरबाट लुकाइछिपाइ राखिएको मदिरा बरामद गरिएको छ। देवदह प्रहरी चौकीले गरेको अनुगमनका क्रममा मेला परिसरभित्र मदिराजन्य पदार्थ फेला परेपछि नियन्त्रणमा लिएको हो।

    आयोजक संस्था उद्योग व्यापार संघका अध्यक्ष गणेशकुमार खातीले मेलामा मदिराजन्य पदार्थ पूर्ण रूपमा निषेध गरिएको र फेला परेको खण्डमा जफत गरिने विषयमा यसअघि आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइसकेका थिए।

    images
    images
    images

    प्रहरीले शुक्रबार अनुगमनका क्रममा मेला परिसरभित्र लुकाइछिपाइ राखिएको मदिरा फेला पारेपछि नियन्त्रणमा लिएको जनाएको छ। खैरेनी प्रहरी चौकी देवदहका अनुसार अनुगमनका क्रममा ४५ थान अर्ना बियर, ४८ थान गोर्खा बियर तथा विभिन्न ब्रान्डका ४९ थान मदिरा बरामद गरिएको हो।

    मेलामा मदिरा सेवन तथा बिक्री निषेध गरिएको भए पनि केही होटेलहरुले नियम उल्लङ्घन गर्दै मदिरा भित्र्याएको पाइएपछि बरामद गरिएको प्रहरीले जनाएको छ।

    मेलालाई सभ्य, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजक समिति पूर्ण रूपमा सक्रिय रहेको र मदिराजन्य पदार्थ तथा अन्य विकृतिजन्य गतिविधिलाई पूर्ण रूपमा निषेध गरिएको मेलाको सुरक्षा समिति संयोजक गणेश विकले जानकारी दिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij