बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

युएईको फुजेरामा नेपाली महावाणिज्यदूतावासको घुम्ती कन्सुलर सेवा सञ्चालन

युएईको फुजेरामा नेपाली महावाणिज्यदूतावासको घुम्ती कन्सुलर सेवा सञ्चालन

images
  • 316
    SHARES

  • images
    images
    images
    युएईको फुजेरामा नेपाली महावाणिज्यदूतावासको घुम्ती कन्सुलर सेवा सञ्चालन
    images
    images
    images

    लुम्बिनी पाना, दुबई । नेपाली महावाणिज्यदूतावास, दुबईले संयुक्त अरब इमिरेट्सको उत्तर-पूर्वी क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई लक्षित गर्दै फुजेरामा घुम्ती कन्सुलर सेवा सञ्चालन गर्ने भएको छ। महावाणिज्यदूतावासका अनुसार उक्त सेवा आगामी २०८२ माघ १७ गते शनिबार (३१ जनवरी २०२६) का दिन फुजेरास्थित इन्डियन सोशल क्लबको हलमा आयोजना हुनेछ।

    बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने घुम्ती सेवामार्फत राहदानी नवीकरण तथा वितरण, कन्सुलर तथा वारेसनामा प्रमाणीकरण, श्रम सम्बन्धी गुनासो दर्ता लगायतका सेवा प्रदान गरिने जनाइएको छ। फुजेरा तथा आसपासका क्षेत्रमा कार्यरत नेपाली नागरिकलाई लक्षित गरी दुबईसम्म जानुपर्ने झन्झट कम गर्ने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको हो।

    images
    images
    images

    महावाणिज्यदूतावासका अनुसार राहदानी नवीकरणका लागि पुरानो राहदानी, नेपाली नागरिकताको सक्कल वा स्पष्ट प्रतिलिपि तथा अनलाइन आवेदन फारम अनिवार्य गरिएको छ। हराएको, नासिएको वा क्षतिग्रस्त राहदानी नवीकरणका लागि तोकिएका कागजातसहित अतिरिक्त राजस्व लाग्नेछ। यसैगरी, यसअघि तयार भइसकेका राहदानी सोही स्थानबाट संकलन गर्न सकिनेछ।

    राहदानी नवीकरण तथा तयार राहदानी संकलन गर्न चाहने सेवाग्राहीलाई अग्रिम रूपमा मोबाइल नम्बर +९७१ ५६ ६५४ ०५८३ मा सम्पर्क गरी आफ्नो विवरण टिपाउन महावाणिज्यदूतावासले अनुरोध गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij