बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा २३ औं माघी (खिचडी) महोत्सव मनाइयो

देवदहमा २३ औं माघी (खिचडी) महोत्सव मनाइयो

images
  • 224
    SHARES

  • images
    images
    images
    देवदहमा २३ औं माघी (खिचडी) महोत्सव मनाइयो
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा थारु समुदायको २६४९ औँ पर्व तथा २३ औँ माघी (खिचडी) महोत्सव–२०८२ विभिन्न सांस्कृतिक कार्यक्रमसहित मनाइएको छ। थारु कल्याणकारिणी सभा देवदहको आयोजनामा देवदह–४ विजयपुरमा कार्यक्रम सम्पन्न भएको हो।

    थारु कल्याणकारिणी सभा देवदहका अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य निर्मलादेवी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा बोल्दै सांसद चौधरीले भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्द्धनबिना जातीय पहिचान कायम हुन नसक्ने बताउनुभयो। उहाँले जातीय अस्तित्व जोगाउन मातृभाषा, संस्कार र संस्कृति संरक्षण अपरिहार्य रहेकोमा जोड दिनुभयो। 

    images
    images
    images

    थारु कल्याणकारिणी सभा देवदहकी पूर्वअध्यक्षसमेत रहनुभएकी सांसद चौधरीले मातृभाषा संरक्षण र संवर्द्धन गर्ने दायित्व स्थानीय तहको भए पनि यसतर्फ पर्याप्त ध्यान नदिइएको उल्लेख गर्नुभयो। सांसद चौधरीले जेनजी आन्दोलनका कारण बजेट कटौती हुँदा विकास निर्माणमा समस्या आएको बताउनुभयो।

    राजनीतिक किचलोले देशको विकास प्रभावित भएको उल्लेख गर्दै उहाँले देश निर्माणका लागि अब युवापुस्ता अघि बढ्नुपर्नेमा जोड दिनुभयो। युवालाई स्वरोजगार बनाउने खालका योजना सरकारले ल्याउन आवश्यक रहेको उहाँको भनाइ थियो।

    उहाँले एकअर्कालाई दोषारोपण गरेर मात्र देशको विकास सम्भव नहुने भन्दै समृद्धिका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा देवदह नगरपालिका–९ का वडाध्यक्ष मोहन जिसी, थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष कमलनारायण चौधरी, थारु कल्याणकारिणी सभा तिलोत्तमाकी अध्यक्ष आशा चौधरी, नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष मिना श्रेष्ठ, वडा सदस्य कुलबहादुर चौधरी, समाजसेवी तुल्सी चौधरी लगायतले आ–आफ्ना धारणा राखेका थिए।

    कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति साथै थारु संस्कृतिअन्तर्गतको झुमडा नाच प्रस्तुत गरिएको थियो। थारु कल्याणकारिणी सभा देवदहकी उपाध्यक्ष निर्मला थारुको स्वागत मन्तव्य र दिनेश चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, माघ ३ २०८२०६:३७:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij