लुम्बिनी पाना, देवदह । नेपाल मगर संघ देवदह -६ वडा समितिको वडा भेला सम्पन्न भएको छ।भेलाले बसन्त जर्घा मगरको अध्यक्षतामा १३ सदस्यीय वडा समिति सर्वसम्मत रुपमा चयन गरेको हो।
जसको उपाध्यक्षमा भिमिसरा घर्ती मगर, सचीवमा धन बहादुर राना मगर, कोषाध्यक्षमा चिना रेश्मी मगर, सह-सचीवमा देविका सुमारी मगर रहेका छन् ।
त्यस्तै सदस्यहरुमा उम बहादुर आले मगर, रन्जित कुमार आले मगर, नुरी सोमै मगर, हिरामती आले मगर, चित्रा सारु मगर, फुलमाया सारु मगर, भिम बहादुर आले मगर र दिलमाया पुन मगर रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय सह-अध्यक्ष दल बहादुर बिरकट्टाले मगर समुदाय शिक्षा, उत्पादन र व्यवसायमार्फत आत्मनिर्भर बन्दै अघि बढ्नुपर्नेमा जोड दिए । बिरकट्टा मगरले समुदायको हक–हित सुनिश्चित गर्न राजनीतिक पहुँच विस्तार आवश्यक रहेको उल्लेख गर्दै संगठनलाई अझ बलियो बनाउन आग्रह गरे।
भेलाले वडा तहमा संगठन विस्तार, सदस्यता वृद्धि तथा आगामी दिनमा सामाजिक र सांस्कृतिक गतिविधि सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
भेलामा कार्यक्रमका विशिस्ट अतिथि नेपाल मगर संघका केन्द्रिय लेखा सदस्य जस बहादुर पुनले मगर समुदाय अधिकार प्राप्तिका लागी संगठित भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
भेलामा नेपाल मगर संघका प्रतिनिधि, नगर र विभिन्न वडा समितिका पदाधिकारी, कार्यसमिति तथा स्थानीय मगर समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम नेपाल मगर संघ देवदह नगर समितिको अध्यक्ष किशन बहादुर थापाको अध्यक्षता,उपाध्यक्ष मिलन माश्की रानाको स्वागत र सचीव चोलिमाया रानाको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij