बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

थाइल्याण्डदेखि ६८ जना धुतङ्गधारी भिक्षुहरू देवदह आउँदै

थाइल्याण्डदेखि ६८ जना धुतङ्गधारी भिक्षुहरू देवदह आउँदै

images
  • 375
    SHARES

  • images
    images
    images
    थाइल्याण्डदेखि ६८ जना धुतङ्गधारी भिक्षुहरू देवदह आउँदै
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । थाइल्याण्डदेखि धम्मयात्राको क्रममा नेपाल आउने धुतङ्गधारी भिक्षुहरू भिक्षुहरुलाई देवदहमा स्वागत गरिने भएको छ । यशोधरा भिक्षुणी विहार देवदहको आयोजनामा भिक्षुहरुलाई स्वागत गरिने भएको हो ।

    यहि माघ २८ गते पोखराबाट स्याङ्जा, पाल्पा हुँदै देवदह आइपुग्ने धम्मयात्राका भिक्षुहरुलाई स्वागतका निम्ति तयारी तिब्र पारिएको यशोधारा भिक्षुणी बिहारका अध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभयो ।

    images
    images
    images

    स्वागतका निम्ति रुपन्देही र देवदहमा रहेका विभिन्न विहारका अध्यक्ष, सामुदायिक वन, आमा समूह, टोल विकास संस्था , सहकारी संस्था, युवा क्लवका प्रतिनिधिहरु व्यापारीक एवम् समाजिक संस्थाहरु, जनप्रतिनिधि,वापा मापा, उपासक उपासिकाहरुलाई पत्राचार गरिएको विहार संरक्षण समितिका सचिव तिलविक्रम बुढाथोकीले जानकारी दिनुभयो ।

    पाल्पाको माथागढी हुँदै देवदह प्रवेश गर्ने भिक्षुहरु माघ २७ गते बुद्ध सामुदायिक वनको बुद्दपार्क स्थित काष्ठकलामा बास बस्ने र २८ गते यशोधारा भिक्षुणी बिहारमा देवदहवासीको तर्फबाट भोजनदान गरिने बिहार संरक्षण समितिले जनाएको छ। त्यस्तै सोही दिन बेलुका देवदहको ऎतिहासिल स्थल भवानीपुरमा शान्ति दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ।

    देवदहमा हुन लागेको धम्मयात्राले यहाँको प्राचीन ऐतिहासिकता उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने यशोधरा भिक्षुणी विहारकी संरक्षक उपेखा गुरुमाले बताउनुभयो। उहाँले मातृशक्तीको आधारभूमि देवदहलाई विश्व सामु चिनाउन धम्मयात्रा प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले यो यात्रालाई सफलतापूर्वक गन्तव्य स्थलसम्म पुर्‍याउन सबै पक्षको सामूहिक सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।

    कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न देवदहका १२ वटै वडामा प्रचार अभियान सञ्चालान गरिएको संरक्षण समितिका सह–सचिव किसन थापाले जानकारी दिए ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, माघ २७ २०८२१०:४२:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij