मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्रथम सहिद लखन थापा मगर स्मृति दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता हुने

प्रथम सहिद लखन थापा मगर स्मृति दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता हुने

images
  • 382
    SHARES

  • images
    images
    images
    प्रथम सहिद लखन थापा मगर स्मृति दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता हुने
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । १४९ औँ लखन थापा मगर स्मृति दिवसको अवसरमा नेपाल मगर संघ देवदह नगर समिति, रुपन्देहीको आयोजनामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ। देशका प्रथम शहीद लखन थापा मगरको अविस्मरणीय योगदानको स्मरण तथा राष्ट्रिय चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

    नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष किशन बहादुर थापाका अनुसार नयाँ पुस्तालाई शहीद लखन थापा मगरको ऐतिहासिक योगदान, राष्ट्रप्रतिको समर्पण, साहस र बलिदानी भावनाबारे अवगत गराउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।शहीदहरूले देखाएको त्याग, आत्मबल र राष्ट्रनिष्ठा आजको पुस्ताले आत्मसात् गर्न सके मात्र सशक्त र सचेत समाज निर्माण सम्भव हुने बताउँदै अध्यक्ष थापाले कार्यक्रममा सहभागी हुन आह्वान समेत गर्नुभएको छ ।

    images
    images
    images

    प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई नगद रु. ८,००० सहित ट्रफी र प्रमाणपत्र, द्वितीयलाई नगद रु. ४,००० सहित ट्रफी र प्रमाणपत्र, तृतीयलाई नगद रु. २,५०० सहित ट्रफी र प्रमाणपत्र तथा सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद रु. १,५०० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक विनोद थापा मगरले जानकारी दिनुभयो।

    प्रतियोगिता फागुन २ गते नेपाल मगर संघ देवदह नगरसमितीको कार्यालय शितलनगरमा संचालन हुने मगर संघ नगरसमितीले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij