मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेपाल मगर संघ देवदहद्वारा आयोजित वक्तृत्वकला प्रतियोगिताको उपाधी न्यू लुम्बिनीकी खुशी घर्तीलाई

नेपाल मगर संघ देवदहद्वारा आयोजित वक्तृत्वकला प्रतियोगिताको उपाधी न्यू लुम्बिनीकी खुशी घर्तीलाई

images
  • 413
    SHARES

  • images
    images
    images
    नेपाल मगर संघ देवदहद्वारा आयोजित वक्तृत्वकला प्रतियोगिताको उपाधी न्यू लुम्बिनीकी खुशी घर्तीलाई
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । १४९ औँ लखन थापा मगर स्मृति दिवसको अवसरमा नेपाल मगर संघ देवदह नगर समिति, रुपन्देहीको आयोजनामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।शुक्रबार मगर संघ देवदहको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

    सामुदायिक तथा संस्थागत गरि २१ वटा विद्यालय सहभागी भएको प्रतियोगितामा न्यू लुम्बिनी बोर्डिङ स्कुलकी खुशी घर्ती मगरले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् ।

    images
    images
    images

    त्यस्तै सगरमाथा आवासीय माविकी इप्सु पोख्रेल दोस्रो, देवदह बुद्द पब्लिक आवासीय माविकी अनुष्का भण्डारी तृतीय र देवदह इङलिस बोर्डिङ स्कुलकि दिया न्यौपाने र केरवानी आवासीय माविकी रुमानी काफ्लेले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

    प्रतियोगितामा प्रथम, दोस्रो तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुले क्रमशः नगद रु. ८,०००, ४,०००, २,५०० १,५०० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक विनोद थापा मगरले जानकारी दिनुभयो।

    लखन थापा मगरको ऐतिहासिक योगदान, राणाशासनविरुद्धको संघर्ष र राष्ट्रका लागि उहाँले दिएको बलिदानबारे प्रकाश पार्नुभयो। उहाँले लखन थापा मगरको साहस, नेतृत्व क्षमता र देशप्रेम आजको पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै राष्ट्रिय चेतना अभिवृद्धिका लागि यस्ता ज्ञानवर्द्धक कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

    नगर समितिका अध्यक्ष किशन बहादुर थापा मगरले नयाँ पुस्तालाई शहीद लखन थापा मगरको ऐतिहासिक योगदान, राष्ट्रप्रतिको समर्पण, साहस र बलिदानी भावनाबारे अवगत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। शहीदहरूले देखाएको त्याग, आत्मबल र राष्ट्रनिष्ठा आजको पुस्ताले आत्मसात् गर्न सके मात्र सशक्त र सचेत समाज निर्माण सम्भव हुने उहाँको भनाइ थियो।

    कार्यक्रम नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष किशन बहादुर थापा मगरको अध्यक्षता, उपाध्यक्ष मिलन माश्की रानाको स्वागत र सचीव चोलिमाया रानाको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij