बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह सेवा समाज यूएईद्वारा उपचारका लागि सहयोग रकम हस्तान्तरण

देवदह सेवा समाज यूएईद्वारा उपचारका लागि सहयोग रकम हस्तान्तरण

images
  • 566
    SHARES

  • images
    images
    images
    देवदह सेवा समाज यूएईद्वारा उपचारका लागि सहयोग रकम हस्तान्तरण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह सेवा समाज यूएईले देवदह नगरपालिका–१, राजाबारी निवासी सीता भुसाल र ओम प्रकाश भुसालका १२ वर्षीया छोरी सोभा भुसालको उपचार सहयोगार्थ संकलित रकम हस्तान्तरण गरेको छ।शनिबार भुसालको निवास राजाबारीमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो।

    उपचार सहयोगका लागि समाजले संकलन गरेको रु. ९४,५००/- (चौरानब्बे हजार पाँच सय रुपैयाँ मात्र) एक कार्यक्रमबीच पीडितका आमा सीता भुसाललाई हस्तान्तरण गरिएको हो। देवदहबाट दुबईमा रोजगारीका लागी रहेका सहयोगीदाताबाट रकम संकलन गरि हस्तान्तरण गरिएको समाजले जनाएको छ।

    images
    images
    images

    जन्मजात रूपमा मेरुदण्ड बाङ्गिएको समस्याबाट पीडित सोभा विगत ३–४ वर्षदेखि शारीरिक समस्यासँग जुध्दै आएकी थिइन्। पारिवारिक अवस्था कमजोर रहँदै आएको र उपचार प्रक्रिया खर्चिलो बन्दै गएकाले सहयोग आवश्यक परेको थियो।

    बनेपास्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रमा उपचार गरिएकी सोभाको बीएनबी अस्पतालमा एक महिना अघि शल्यक्रिया गरिएको थियो भने एक हप्तादेखि डिस्चार्ज भई हाल घरमै उपचार गरिरहेकी छिन् ।

    सहयोग हस्तान्तरण कार्यक्रममा समाजका प्रमुख सल्लाहकार तोयानाथ लम्साल, वरिष्ठ उपाध्यक्ष हरि सागर कडेल, कार्यसमिति सदस्यहरू राजन क्षत्री, कृष्ण गोतामे, विशाल गहतराज, स्थानीय छिमेकी भोला केवट तथा समाजसेवी लक्ष्मण चौधरीलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा वक्ताहरूले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गरेका थिए। समाजले आगामी दिनमा पनि मानवीय सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, फाल्गुण २ २०८२०६:००:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij