मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

राप्रपा रुपन्देही -१ का उम्मेदवार बोहोराको प्रतिबद्धता : सुकुम्बासी समस्या समाधान गर्छु

राप्रपा रुपन्देही -१ का उम्मेदवार बोहोराको प्रतिबद्धता : सुकुम्बासी समस्या समाधान गर्छु

images
  • 409
    SHARES

  • images
    images
    images
    राप्रपा रुपन्देही -१ का उम्मेदवार बोहोराको प्रतिबद्धता : सुकुम्बासी समस्या समाधान गर्छु
    images
    images
    images

    फागुन ५, रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रज्जवल बोहोरा ले सुकुम्बासी समस्या समाधानलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताएका छन्।

    आजदेखि देवदह नगरपालिका–१० को चरङ्गेबाट सुरु गरिएको घरदैलो कार्यक्रमका क्रममा मतदातासँग भेटघाट गर्दै बोहोराले वर्षौंदेखि जग्गा स्वामित्वबाट वञ्चित रहेका सुकुम्बासी नागरिकको समस्या अझै पूर्णरूपमा समाधान हुन नसकेको उल्लेख गरे। उनले वास्तविक सुकुम्बासीको पहिचान, व्यवस्थित बसोबास र लालपुर्जा वितरण प्रक्रिया छिटो अगाडि बढाउने प्रतिबद्धता जनाउँदै भने, “राजनीतिक नारा मात्र होइन, व्यवहारिक काम आवश्यक छ। सरकारसँग समन्वय गरेर बाँकी कामलाई टुंगोमा पुर्‍याउने जिम्मेवारी म लिन्छु।”

    images
    images
    images

    उनका अनुसार अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरसमेत सिर्जना गर्न पहल गरिनेछ।

    रुपन्देही–१ क्षेत्रमा सुकुम्बासी बस्तीहरूको संख्या उल्लेख्य रहेकाले यस विषयलाई दीर्घकालीन योजनासहित प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताएका छन्।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij