लुम्बिनी पाना,देवदह । नेपाल मगर संघको ४४ औँ स्थापना दिवस फागुन १५ लाई देवदहमा सभ्य र भव्य रूपमा मनाउन तयारी तीव्र बनाइएको छ। संघको देवदह नगर समितिले स्थापना दिवसलाई उत्सवका रूपमा सम्पन्न गर्ने उद्देश्यसहित विभिन्न उपसमितिहरू गठन गरेको छ।
नगर समितिका अध्यक्ष किशन थापा मगरको नेतृत्वमा मंगलबार बसेको बैठकले कार्यक्रम व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड गरेको छ। अतिथि सत्कारको जिम्मेवारी मगर महिला संघकी अध्यक्ष बिन्दु थापा मगरलाई दिइएको छ भने मञ्च व्यवस्थापनको जिम्मेवारी वडा नं. ५ का अध्यक्ष नारायण श्रीस मगरलाई दिइएको छ।
स्टल व्यवस्थापनको जिम्मेवारी क्याप्टेन तारा बहादुर थापालाई दिइएको छ, कलाकार व्यवस्थापनको जिम्मेवारी भुवन खासु मगरलाई दिइएको छ र युवा तथा स्वयंसेवक परिचालनको जिम्मेवारी हरि थापालाई दिइएको अध्यक्ष थापाले जानकारी दिए।
त्यस्तै प्रमाणपत्र तथा ब्यानर छपाइको जिम्मेवारी मिलन राना, कार्यक्रमको प्रचार–प्रसारको जिम्मेवारी गोविन्द घर्ती मगरलाई दिइएको सचीव चोलिमाया रानाले जानकारी दिए।
स्थापना दिवसले मगर समुदायको पहिचान, कला र संस्कृतिलाई उजागर गर्नेछ र राष्ट्रिय कलाकारहरूको सहभागितामा देवदहमा एकताको सन्देश प्रवाह गरिने र नगर समितिले दिवसलाई ऐतिहासिक र स्मरणीय बनाउन सक्रिय तयारी गरिरहेको जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij