बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

क्लब ५० मा नयाँ नेतृत्व

क्लब ५० मा नयाँ नेतृत्व

images
  • 200
    SHARES

  • images
    images
    images
    क्लब ५० मा नयाँ नेतृत्व
    images
    images
    images

    लुम्बिनी पाना, काठमाडौँ । क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न भएको छ । काठमाडौँ स्थिति अलोफ्ट होटलमा सम्पन्न १९ औँ साधारणसभाबाट निवर्तमान क्लबका वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ्यौँ अध्यक्षका लागि सर्वसम्मतबाट चयन भएको घोषण निर्वाचन आयुक्त दीपक मल्होत्राले गरे ।


    त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रदीपकुमार कार्की, उपाध्यक्ष युवराज श्रेष्ठ महासचिव हवेन्द्रप्रसाद देव कोषाध्यक्ष पदमराज सुवेदी कार्यकारिणी सदस्यहरुमा सुवर्ण राजभण्डारी, प्रमोद जैसवाल, शान्ति मोक्तान, सिर्जना मास्के, बाबा खड्का सुवेदी, डा. कविता अधिकारी सर्वसम्मतबाट चयन भएका थिए ।

    images
    images
    images

    क्लबका तात्कालिन अध्यक्ष तथा निवर्तमान अध्यक्ष डा. अंगुर कार्कीको अध्यक्षतामा भएको साधारण सभाका प्रमुख अतिथि अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय थिए ।

    पानसमा बत्ती बालेर राष्ट्रिय गानसहित शुभारम्भ भएको कार्यक्रमका अतिथिहरुलाई निवर्तमान वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ्यौँले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

    क्लबका महासचिव युवराज श्रेष्ठले क्लबको गतिविधिका बारेमा प्रष्ट्याएका थिए । कार्यक्रममा क्लब फिफ्टीद्वारा प्रकाशित अभियानको १४ अंकको विमोचन भएको थियो । क्लबका पदाधिकारी प्रमुख अतिथि तथा सभापति अंगुर कार्कीलगायत मञ्चासीनबाट अभियानको संयुक्त रुपमा विमोचन गरिएको हो ।

    अभियानका अतिथि सम्पादक साहित्यकार रमेश दाहाललाई सभापति तथा नि. अध्यक्ष अंगुर कार्कीद्वारा विशेष धन्यवाद मन्तव्यसहित कदरपत्र, मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij