मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

४ वर्षपछि देवदहमा राष्ट्रिय परिचयपत्र वितरण हुँदै

४ वर्षपछि देवदहमा राष्ट्रिय परिचयपत्र वितरण हुँदै

images
  • 854
    SHARES

  • images
    images
    images
    ४ वर्षपछि देवदहमा राष्ट्रिय परिचयपत्र वितरण हुँदै
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह नगरपालिकामा यही चैत २७ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु हुने भएको छ। देवदह नगरपालिका नगर कार्यपालिकाको कार्यालय, केरवानीले जारी गरेको पत्रअनुसार नगरपालिकाअन्तर्गत साविकमा विवरण संकलन गरिएका सेवाग्राहीहरूको राष्ट्रिय परिचयपत्र तयार भइसकेको जनाइएको छ।

    २०७९ मा देवदहका वडाहरुमा फारम भर्ने र फोटो खिच्ने काम भई परिचय पत्रका निम्ति लगत संकलन गरिएको थियो ।

    images
    images
    images

    परिचयपत्र वितरणका लागि सम्बन्धित कर्मचारीहरू वडा कार्यालयमा खटिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। सेवाग्राहीहरूलाई सूचना तथा जानकारी गराउन र वितरण कार्यलाई सहज बनाउन वडा नं. ८, ९ र १० का वडा कार्यालयहरूलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न अनुरोध गरिएको छ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालद्वारा हस्ताक्षरित पत्रमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij