मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा नारी नेतृत्व कृति विमोचन

देवदहमा नारी नेतृत्व कृति विमोचन

images
  • 73
    SHARES

  • images
    images
    images
    देवदहमा नारी नेतृत्व कृति विमोचन
    images
    images
    images

    देवदह । देवदहमा नारी नेतृत्व कृति विमोचन गरिएको छ । सेतोमसी मिडिया नेटवर्कले प्रकाशन गरेको देवदह क्षेत्रका २० जना महिलाहरूको संघर्ष र सफलताको कथा समेटिएको पुस्तक शनिवार विमोचन गरिएको हो ।

    पुस्तक विमोचन गर्दै देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलले संघर्षको विरासतमा मात्र सफलता प्राप्त हुने तथ्यलाई पुस्तकले पुष्टी गरेको बताए । पुस्तकमा समेटिएका विषयबस्तु महिलाका यथार्थ घटना भएको उल्लेख गर्दै प्रमुख खरेलले पुस्तक नवपुस्तालाई थप प्रेरणाको स्रोत बन्ने विचार व्यक्त गरे । 'इतिहास उच्च सफलता प्राप्त गर्ने व्यक्ति धनी र शक्तिशाली व्यक्तिको लेखिने गरेको दृष्टान्त थियो ।' उनले भने, 'यो पुस्तकले भुँइ मान्छेको पनि इतिहास बन्ने तथ्य पुष्टी गरेको छ ।'

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले हरेक क्षेत्रमा महिलाहरुले महिला भएकै कारण थप संघर्ष गर्नुपर्ने अवस्था रहेको बताइन् । 'पुस्तकमा महिलाहरुले भोगेका कठोर कहानी रहेका छन् ।' उनले भनिन्, 'यी नेपाली समाज प्रतिनिधि कथा हुन् र यी आम महिलाका जीवन हुन् ।'

    पुस्तकको समिक्षा गर्दै साहित्यकारद्वय निर्मल ढुंगाना र सुशील सापकोटाले सबै युवा विद्यार्थीले यस्ता संघर्षका कथा पढ्नुपर्ने बताए । पुस्तकमा रहेका प्राविधिक विषयमा सुझाव दिंदै समिक्षकद्वयले पुस्तक देवदहको सम्पत्तिको रुपमा आएको बताए । अग्रज पुस्ताको संघर्ष र त्यागको इतिहासले मात्र समाज अहिलेको अवस्थामा आइपुगेको समिक्षकद्वयको भनाइ छ ।

    कार्यक्रमको औचित्यबारे बोल्दै सेतोमसीका सम्पादक विष्णु पोखरेलले राज्यको चौंथो अंगको रुपमा मिडियाले राज्यका तीन अंगको निगरानी र खबरदारीसंगै समाज रुपान्तरण र नागरिकको दृष्टिकोण निर्माणमा काम गर्नुपर्नेमा जोड दिए । 

    सेतोमसीका कार्यकारी सम्पादक पवन पौडेलको संचालन रहेको कार्यक्रममा लेखक कमला अर्याल, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, शिक्षक तथा महिला अधिकारकर्मी इन्दिरा अर्याल लगायतले बोलेका थिए ।कार्यक्रममा पुस्तकमा स्टोरी समेटिएका महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, चैत्र ७ २०८२०८:५१:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij