मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

जनताका समस्या र समाधान खोज्न “जनतासँग लुम्बिनी पाना” कार्यक्रम घोषणा

जनताका समस्या र समाधान खोज्न “जनतासँग लुम्बिनी पाना” कार्यक्रम घोषणा

images
  • 554
    SHARES

  • images
    images
    images
    जनताका समस्या र समाधान खोज्न “जनतासँग लुम्बिनी पाना” कार्यक्रम घोषणा
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीबाट सञ्चालित लुम्बिनी पाना मिडियाले “जनतासँग लुम्बिनी पाना” कार्यक्रम घोषणा गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै “जनतासँग लुम्बिनी पाना” कार्यक्रम घोषणा गरिएको हो।

    जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या र सरोकारका विषयहरू—पूर्वाधार, खानेपानी, बिजुली, सडक र सरसफाइजस्ता आधारभूत सेवाका समस्या, शिक्षा र स्वास्थ्य क्षेत्रका कमजोरी तथा स्थानीय सरकारबाट हुने सेवा प्रवाहमा देखिएका ढिलासुस्ती र अनियमितता, बेरोजगारी, युवाको विदेश पलायन र सीप विकासको अभावजस्ता विषयहरूको उत्थान तथा समाधानका लागि कार्यक्रम ल्याउन लागिएको लुम्बिनी पानाका प्रबन्धक सम्पादक निर्मल एसपी थापाले जानकारी दिए।

    images
    images
    images

    कार्यक्रमले महिला र बालबालिकासम्बन्धी मुद्दा, घरेलु हिंसा, सुरक्षा, किसानका समस्या, कृषि उत्पादन र बजार व्यवस्थापनका चुनौती, लागूऔषध दुर्व्यसन, मदिराजन्य पदार्थको दुरुपयोगजस्ता सामाजिक विकृति तथा पूर्वाधार विकासमा देखिएका ढिलाइ र अधुरा योजनाहरू साथै जनताले भोगेका व्यक्तिगत गुनासो र अन्यायका वास्तविक घटनाहरूलाई प्रस्तुत गर्दै सम्बन्धित निकायसँग समाधान खोज्ने प्रयास गरिने प्रधान सम्पादक एलबी सर्बुजाले जानकारी दिए।

    सोही कार्यक्रममा लुम्बिनी पानाले प्रकाशन गरेको व्यावसायिक र सन्देशमूलक सूचना समेटिएको भित्तेपात्रोसमेत विमोचन गरिएको थियो।

    लुम्बिनी पानाले वार्षिक कार्ययोजना तथा कार्यविभाजनसमेत गरेको छ। जसअन्तर्गत संस्थाको कार्यकारी निर्देशकमा दिपेन्द्र बहादुर राना, कार्यक्रम प्रमुखमा प्रीतम कुमार थापा, कार्यक्रम निर्मातामा भगेन्द्र बहादुर विश्वकर्मा, प्रशासन सहायकमा सनु थापा, सामाजिक सञ्जाल व्यवस्थापक तथा विदेश विभाग प्रमुखमा निशान्त पाठकलाई जिम्मेवारी दिइएको छ।

    लुम्बिनी पानाबाट कृषिका कुरा, उद्यम डायरी, पर्यटनका कुरा, लुकेका पाना लगायतका नियमित स्तम्भहरु प्रकाशन तथा प्रशारण हुँदै आएको छ।

    कार्यक्रममा लुम्बिनी पानाका सिनियर रिपोर्टर अर्बेन्द्र गिरी “सुनिल”, फोटो पत्रकार संयोजक झमन थापा मगर, फोटो पत्रकार सदस्य शंकर थापा तथा देवदह समाचार प्रमुख केशव पराजुलीको सहभागिता रहेको थियो।

    कार्यक्रम संस्थाका प्रधान सम्पादक एलबी सर्बुजाको अध्यक्षता र प्रबन्धक सञ्चालक निर्मल एसपी थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij