मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा नवीन थापा मगर चयन

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा नवीन थापा मगर चयन

images
  • 563
    SHARES

  • images
    images
    images
    लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा नवीन थापा मगर चयन
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको नयाँ नेतृत्व चयन गरिएको छ। लायन्स वर्ष २०२६/२७ का लागि सम्पन्न छैठौं अधिवेशनबाट अध्यक्षमा लायन नवीन थापा मगर सर्वसम्मत रूपमा चयन भएका हुन्।

    नवनिर्वाचित कार्यसमिलो प्रथम उपाध्यक्षमा लायन दिपेश पाण्डे, द्वितीय उपाध्यक्षमा लायन दिनेश चौधरी र तृतीय उपाध्यक्षमा लायन पूर्ण थापा चयन भएका छन्। त्यस्तै, सचिवमा लायन विकास श्रेष्ठ, कोषाध्यक्षमा लायन सुरज पंगेनी, सह–सचिवमा लायन भानु पंगेनी र सह–कोषाध्यक्षमा लायन निशान्त भट्टराई चयन भएका छन्।

    images
    images
    images

    नयाँ नेतृत्वले आगामी कार्यकालमा युवाहरूलाई संगठित गर्दै सामाजिक सेवा, नेतृत्व विकास तथा समुदायमुखी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

    लायन्स क्लब अफ देवदह प्रोफेशनल युथले स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। क्लबले विशेषगरी स्वास्थ्य, शिक्षा तथा समुदायस्तरका सचेतनामूलक कार्यक्रमहरूमा सक्रिय भूमिका खेल्दै आएको छ।

    क्लबद्वारा विद्यालयस्तरीय आँखा जाँच (आई स्क्रिनिङ) शिविर आयोजना गरी सयौं विद्यार्थीहरूको दृष्टि परीक्षण गरिएको थियो, जसले बालबालिकाको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

    यसका साथै, विभिन्न सामाजिक, शैक्षिक तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै युवाहरूलाई समाजसेवामा प्रेरित गर्ने कार्यमा क्लब निरन्तर सक्रिय रहँदै आएको छ।

    नवनिर्वाचित टिमले क्लबको सामाजिक सेवा, नेतृत्व विकास तथा सामुदायिक उत्थानका कार्यहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij