मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

दलितमाथि कुटपिट र हत्या प्रकरण : मुक्ति समाज रुपन्देहीद्वारा निष्पक्ष छानबिनको माग

दलितमाथि कुटपिट र हत्या प्रकरण : मुक्ति समाज रुपन्देहीद्वारा निष्पक्ष छानबिनको माग

images
  • 232
    SHARES

  • images
    images
    images
    दलितमाथि कुटपिट र हत्या प्रकरण : मुक्ति समाज रुपन्देहीद्वारा निष्पक्ष छानबिनको माग
    images
    images
    images

    लुम्बिनी पाना। दलित समुदायमाथि भइरहेका जातीय हिंसा, कुटपिट तथा हत्या घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्दै मुक्ति समाज नेपाल, जिल्ला समिति रुपन्देहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

     

    images
    images
    images

    1777517720496.jpg

     

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाइएको उक्त ज्ञापनपत्रमा हालै भएका गम्भीर घटनाहरू—सिन्धुलीका श्रीकृष्ण विकको हत्या तथा रोल्पाको गंगादेव गाउँपालिका–११ का ११ वर्षीय बालक खगेन्द्र विकमाथि भएको कुटपिट—प्रति गम्भीर ध्यानाकर्षण गराइएको मुक्ति समाज रुपन्देहीका जिल्ला अध्यक्ष विकास गहतराजले जानकारी दिए ।

    ज्ञापनपत्रमा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झन्डेडाँडास्थित घरमा बस्दै आएका श्रीकृष्ण विक मृत अवस्थामा फेला परेको घटनाले मानवअधिकार र सामाजिक न्यायमाथि गम्भीर प्रश्न उठाएको छ। यस्तै, रोल्पामा बालकमाथि भएको कुटपिट घटनाले दलित समुदाय अझै पनि असुरक्षित रहेको स्पष्ट देखिएको जनाइएको छ।

    मुक्ति समाजले घटनाहरूको निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषीलाई कानुनअनुसार कडा सजाय दिन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै, यस्ता घटनाको पुनरावृत्ति रोक्न दीर्घकालीन समाधानका लागि राज्यले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।

    संगठनले दलित समुदायमाथि हुने विभेद, हिंसा र अन्यायका विरुद्ध आफूहरू सधैं अग्रपंक्तिमा उभिने प्रतिबद्धता समेत जनाएको छ।

    रुपन्देही जिल्ला अध्यक्ष विकास गहतराजको नेतृत्वमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य बाबुराम विश्वकर्मा, मुक्ती समाज नेपाल केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सुरेन्द्र श्री, मुक्ति समाज नेपाल केन्द्रिय सल्लाहकार प्रेम सेन्चुरी, मुक्ति समाज नेपाल सिद्दार्थनगरका अध्यक्ष गणेश रसाइली लगायतको सहभागीता रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij