मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

श्रम संस्कृति पार्टीद्वारा देवदह नगरपालिकालाई सुकुम्बासी बस्ती व्यवस्थापनबारे ज्ञापनपत्र बुझाइयो

श्रम संस्कृति पार्टीद्वारा देवदह नगरपालिकालाई सुकुम्बासी बस्ती व्यवस्थापनबारे ज्ञापनपत्र बुझाइयो

images
  • 504
    SHARES

  • images
    images
    images
    श्रम संस्कृति पार्टीद्वारा देवदह नगरपालिकालाई सुकुम्बासी बस्ती व्यवस्थापनबारे ज्ञापनपत्र बुझाइयो
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । श्रम संस्कृति पार्टी रुपन्देही जिल्ला कार्य समितिले सुकुम्बासी बस्ती विस्थापन कार्य रोक्न तथा उचित पुनःस्थापनाको व्यवस्था गर्न माग गर्दै देवदह नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

    नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ मार्फत नगरपालिकालाई बुझाइएको ज्ञापनपत्रमा देवदह नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न ऐलानी, पर्ती तथा सार्वजनिक जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी नागरिकलाई वैकल्पिक व्यवस्थाबिनै हटाउने तयारी गरिएको भन्ने सूचनाले स्थानीय बासिन्दामा त्रास सिर्जना गरेको उल्लेख गरिएको छ।

    images
    images
    images

    ज्ञापनपत्रमा नेपालको संविधानले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक सुनिश्चित गरेको तथा कानूनबमोजिम बाहेक कसैलाई पनि निजको बसोबासबाट हटाउन नपाइने व्यवस्था गरेको उल्लेख गर्दै सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको पहिचान गरी पुनःस्थापना तथा जीविकोपार्जनको व्यवस्था गर्नु राज्यको दायित्व भएको स्मरण गराइएको छ। त्यसैगरी, बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (CRC) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहको भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। बालबालिकाको शिक्षा, आवास र संरक्षणको अधिकारलाई ख्याल नगरी बस्ती हटाउने कार्य गर्नु मानवीय तथा कानुनी दृष्टिले उपयुक्त नहुने पार्टीको भनाइ छ।

    श्रम संस्कृति पार्टीले नगरपालिकालाई डोजर चलाएर बस्ती हटाउने कार्य तत्काल रोक्न, प्रभावित परिवारको वास्तविक लगत संकलन गर्न, उनीहरूको पहिचान गरी सम्मानजनक पुनःस्थापनाको प्रक्रिया अघि बढाउन माग गरेको छ। ज्ञापनपत्र श्रम संस्कृति पार्टी रुपन्देही जिल्ला कार्य समितिका जिल्ला संयोजक छविलाल गुरुङको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij