लुम्बिनी पाना, देवदह ।रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदहले रोटा वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति (बोर्ड) गठन गरेको छ।
रोटा वर्ष २०२५/२६ का अध्यक्ष रोटार्याक्टर डा. विजय अम्गाईंको अध्यक्षतामा सम्पन्न बैठकमा पूर्व अध्यक्षहरू रोटार्याक्टर माधव आचार्य, सुनिल गिरी, विक्रम भुसाल तथा निवर्तमान अध्यक्ष (IPP) रोटार्याक्टर सन्दीप पौडेलको उपस्थिति रहेको थियो।
नवगठित कार्यसमितिको अध्यक्षमा रोटार्याक्टर कमल थापा चयन भएका छन्। उपाध्यक्षमा रोटार्याक्टर ललिता घिमिरे, किशन थापा दर्लामी र दीपक बी.के., सचिवमा रमित चापागाईं, सहसचिवमा सूष्मा दर्लामी, कोषाध्यक्षमा रबिन न्यौपाने तथा सह–कोषाध्यक्षमा सुदीप अधिकारी चयन भएका छन्।
त्यसैगरी सर्जेन्ट एट आर्म्समा अमिशा सुबेदी चयन हुँदा बोर्ड सदस्यहरूमा उज्वल पाण्डे, आशिष न्यौपाने, अनुश्का ठाकुरी, सुशील अर्याल, अमृत काफ्ले, अस्मिता पाण्डे, रोशन बोहोरा, सन्देश रेग्मी, निशान पाठक, निता खरेल, अस्मित भण्डारी, मनिष ज्ञवाली तथा तनिशा भट्टराई चयन भएका छन्।
बैठकले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै क्लबका आगामी सामाजिक, नेतृत्व विकास तथा सेवा सम्बन्धी गतिविधिहरूलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्ने विश्वास व्यक्त गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij