मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मिलन सामुदायिक वनमा काठ संकलन गरिएको क्षेत्रको अनुगमन

मिलन सामुदायिक वनमा काठ संकलन गरिएको क्षेत्रको अनुगमन

images
  • 147
    SHARES

  • images
    images
    images
    मिलन सामुदायिक वनमा काठ संकलन गरिएको क्षेत्रको अनुगमन
    images
    images
    images

    लुम्बिनी पाना,देवदह । देवदह नगरपालिका–९, रुपन्देहीस्थित मिलन सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सम्बर्द्धन प्रणालीमा आधारित कार्यक्रमअन्तर्गत खण्ड–१ को उपखण्ड–९ मा कटान कार्य सम्पन्न भएको छ।

    समूहका अध्यक्ष तेजबहादुर कुँवर क्षेत्री, वरिष्ठ वन अधिकृत पुष्पराज श्रेष्ठ, स्थानीय जनप्रतिनिधि, छिमेकी सामुदायिक वनका प्रतिनिधि, उपभोक्ता समिति सदस्य तथा सञ्चारकर्मीहरूको उपस्थितिमा कटान गरिएको क्षेत्रको अनुगमन गरिएको थियो।

    images
    images
    images

    १.२५ हेक्टर क्षेत्रफलबाट साल, अस्ना, जामुन पियारी गरी १७०० क्युफिट गुलिया काठ संकलन गरिएको छ। कटान कार्य सम्पन्न भएपछि संकलित वन क्षेत्रको निरीक्षण तथा पलट सफाइसमेत गरिएको वनका अध्यक्ष कुँवरले जानकारी दिनुभएको छ।

    देवदह–९ स्थित मिलन सामुदायिक वन उपभोक्ता समूहले वन व्यवस्थापन कार्यक्रमअन्तर्गत ढलापडा, सुख्खा खडा तथा पुनरोत्पादन व्यवस्थापन प्रक्रियाबाट संकलन गरिएको १० चट्टा दाउरा संकलन गरेको जनाएको छ। समूहले वनको दिगो संरक्षण र उपयोगलाई ध्यानमा राख्दै वनभित्रका ढलापडा तथा सुख्खा रुखहरू संकलन गरी दाउरा व्यवस्थापन गरेको हो। उक्त कार्य सामुदायिक वनको वार्षिक कार्ययोजनाअनुसार सम्पन्न गरिएको समूहले जनाएको छ।

    वन व्यवस्थापन तथा संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमले वनको दिगो व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij