मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा देवदहमा विशेष कार्यक्रम

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा देवदहमा विशेष कार्यक्रम

images
  • 304
    SHARES

  • images
    images
    images
    १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा देवदहमा विशेष कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना, ​देवदह । "स्वस्थ शरीर, स्वस्थ मन, सुखी जीवनको आधार – योग अपनाऔँ, जीवन सुसज्जित बनाऔँ" भन्ने मूल नाराका साथ रुपन्देहीको देवदहमा १२ औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न भएको छ। ​

    देवदह नगरपालिका वडा नं. ५ को आयोजना तथा बुद्ध सामुदायिक वन उपभोक्ता समिति, खेमा योगा क्लास, वडा नम्बर ५ का टोल विकास संस्था र जीवन विज्ञान देवदहको सहजीकरणमा देवदह खैरैनीस्थित पानबारी खेलमैदानमा सो विशेष योग कार्यक्रम सम्पन्न भएको हो

    images
    images
    images

    बिहान ५:०० बजेदेखि ७ बजेसम्म सञ्चालन भएको उक्त योग सत्रमा अन्तर्राष्ट्रिय योग गुरु टेक माया गुरुङ र जीवन विज्ञानका केन्द्रीय सदस्य एवं योग प्रशिक्षक दुर्गा बहादुर क्षेत्रीले सहभागीहरूलाई विशेष प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा उहाँहरूले स्वस्थ जीवनका लागि प्राणायाम, आसन र ध्यानको महत्त्वबारे प्रयोगात्मक अभ्यास गराउनुभएको थियो।​

    खानपिन अव्यवस्थित हुँदा स्वास्थ्य जोखिम बढ्यो : प्रमुख अतिथि गुरुङ 

    कार्यक्रमकी प्रमुख अतिथि देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले पछिल्लो समय मानिसहरूको खानपिन र जीवनशैली अव्यवस्थित हुँदै जाँदा विभिन्न खालका स्वास्थ्य जोखिमहरू बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले नगरवासीहरूलाई सचेत गराउँदै भन्नुभयो, "स्वास्थ्य शरीर भए मात्र हाम्रा हरेक सपना र लक्ष्य साकार हुन मद्दत पुग्दछ, त्यसैले योगलाई दैनिक जीवनको हिस्सा बनाउन जरुरी छ।"

    देवदह नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गणेश डुम्रेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष डुम्रेले समाज र नगरको समग्र समृद्धिका लागि भौतिक पूर्वाधारको विकास मात्र पर्याप्त नहुने धारणा राख्नुभयो। उहाँले भौतिक विकास सङ्गै मानवीय विकास र नागरिकको मानसिक तथा शारीरिक स्वास्थ्य बढी महत्त्वपूर्ण र दिगो हुने कुरामा जोड दिनुभयो।

    ​कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक वन, विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij