मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स क्लब अफ देवदह युनाइटेडको दोस्रो पदहस्तान्तरण सम्पन्न

लायन्स क्लब अफ देवदह युनाइटेडको दोस्रो पदहस्तान्तरण सम्पन्न

images
  • 365
    SHARES

  • images
    images
    images
    लायन्स क्लब अफ देवदह युनाइटेडको दोस्रो पदहस्तान्तरण सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह।लायन्स क्लब अफ देवदह युनाइटेडको दोस्रो पदहस्तान्तरण तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। देवदह –५, खैरेनीस्थित पाठक फुडल्याण्ड एण्ड इभेन्ट भेन्युमा दोस्रो पदहस्तान्तरण तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष लायन गणेश सापकोटा (लायन्स वर्ष २०२५–२६) ले गर्नुभएको थियो भने दोस्रो सत्र तथा पदहस्तान्तरण कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष लायन टिकाराम चपागाईंले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन लायन यमलाल शर्माले गर्नुभएको थियो।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ पि नेपालका डिष्ट्रिक्ट एक्सन टिम कोर्डिनेटर एमजेएफ लायन विष्णु प्रसाद पौडेल रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा सिनियर डिष्ट्रिक्ट एड्भाइजर लायन रामबहादुर गुरुङ सहभागी हुनुहुन्थ्यो।

    त्यसैगरी, क्लबका चार्टर अध्यक्ष तथा जोन चेयरपर्सन लायन माधव आचार्य, डिष्ट्रिक्ट डिप्युटी चिफ लायन विनोद थापा, गाइडिङ लायन मनबहादुर क्षेत्री, रिजन चेयरपर्सन लायन कमल पौडेल, लायन्स क्लब अफ देवदहका इलेक्ट अध्यक्ष लायन गणेश क्षेत्री तथा लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका इलेक्ट अध्यक्ष लायन नवीन थापा मगरलगायत क्लबका पूर्वअध्यक्ष, बोर्ड सदस्य तथा लायन्स परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा निवर्तमान अध्यक्ष लायन गणेश सापकोटाले लायन्स वर्ष २०२५–२६ मा क्लबले सञ्चालन गरेका गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै, कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त अवधिमा क्लबले विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्नुका साथै विभिन्न विधामा सम्मान प्राप्त गरेको जानकारी दिनुभयो।

    प्रमुख अतिथि एमजेएफ लायन विष्णु प्रसाद पौडेलले क्लबले समाजमा पुर्‍याएको सेवामूलक योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक सेवाका क्षेत्रमा अझ प्रभावकारी ढंगले सक्रिय रहन आग्रह गर्नुभयो।

    शुभकामना मन्तव्यका क्रममा लायन रामबहादुर गुरुङ तथा चार्टर अध्यक्ष एवं जोन चेयरपर्सन लायन माधव आचार्यले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लायन टिकाराम चपागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने धन्यवाद ज्ञापन लायन अनन्तराम भण्डारीले गर्नुभएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij