सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, देवदह। पूर्वी क्षेत्र निजी विद्यालय एसोसिएसन (इप्सा) देवदहको आयोजनामा विद्यालयका सवारी चालक तथा सहचालकका लागि ट्राफिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा विद्यार्थीहरूको सुरक्षित यात्रालाई सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा संस्थामा आबद्ध विद्यालयका चालक तथा सहचालकको सहभागीता रहेको थियो।
बढ्दो सडक दुर्घटना न्यूनीकरण र विद्यार्थीहरूको सुरक्षित यात्रालाई सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इप्सा देवदहका अध्यक्ष विनोद थापा मगरले जानकारी दिनुभयो।
अध्यक्ष थापाका अनुसार विद्यालयका गाडीहरूले दैनिक रूपमा सयौँ विद्यार्थीहरू ओसारपसार गर्ने हुनाले चालक र सह-चालकहरू ट्राफिक नियम र सडक सुरक्षाप्रति अत्यन्तै संवेदनशील हुन जरुरी रहेको र सोही सचेतनाका लागि प्रशिक्षण आयोजना गरिएको बताउनुभयो।
कार्यक्रममा विद्यालय सवारीसाधनको सुरक्षित सञ्चालन, ट्राफिक नियमको पालना, सडक अनुशासन, गति सीमितता, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानी तथा सुरक्षित ड्राइभिङका व्यावहारिक पक्षबारे खैरेनी प्रहरी चौकी का इन्चार्ज भिमसेन विस्ट ले प्रशिक्षण दिनुभएको थियो।
त्यस्तै ट्राफिक प्रहरी कार्यालय खैरेनीका प्रहरी सहायक निरीक्षक नन्दबहादुर शाहीले ट्राफिक नियम, चालकको जिम्मेवारी तथा सुरक्षित ड्राइभिङका विषयमा सहजीकरण गर्नुभएको थियो।
देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले विद्यालय सञ्चालनमा चालक तथा सहचालकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै ट्राफिक नियमको पालनाले दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताउनुभयो। उहाँले चालकहरूलाई बालबालिकाको अगाडि मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न आग्रह गर्नुभयो। विद्यालयहरूले चालक तथा सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्नेमा समेत प्रबक्ता डुम्रेले जोड दिनुभयो।
कार्यक्रममा इप्साका सल्लाहकार बोधराज गौडेल, पूर्वअध्यक्ष रामबहादुर गुरुङले मन्तव्य व्यक्त गर्दै तालिमले चालक र सहचालकलाई ट्राफिक नियम सम्बन्धि थप ज्ञान हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।
इप्सा रुपन्देहीका उपाध्यक्ष टिकाराम चापागाईंको स्वागत र सचिव कमल पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij